News Category 2076/05/26
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी, एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै
चन्दनकुमार यादव
राजविराज, २५ भदौं ।
राजबिराज कारागारमा क्षमता भन्दा झण्डै तीन गुणा कैदी बन्दीहरु रहेका छन् । एक सय २५ जना क्षमता रहेको कारागारमा ३ सय ३४ कैदीबन्दी रहेका छन् । जसमा २१ जना विदेशी कैदीबन्दी समेत छन् ।
कारागारमा रहेका ३ सय ३४ कैदीबन्दी मध्ये सबैभन्दा बढी १ सय १२ जना कर्तब्य ज्यान मुद्दाका कैदी बन्दीहरु रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।
जसमध्ये ७२ जना पुरुष कैदी, २६ जना पुरुष थुनुवा, ७ जना महिला कैदी र ४ जना महिला थुनुवा रहेका छन् । त्यस्तै सोही मुद्दामा २ जना विदेशी पुरुष कैदी र १ जना विदेशी पुरुष थुनुवा रहेका कारागारका खरिदार सन्दिप कुमार देवले जानकारी दिएका छन् ।
सो कारागारमा कर्तव्य ज्यान मुद्दापछि सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका ५१ जना कैदी बन्दीहरु रहेका छन् । २६ जना पुरुष कैदी र २३ जना पुरुष थुनुवा तथा एक÷एक विदेशी पुरुष कैदी थुनुवा रहेका छन् ।
कर्तब्य ज्यान र जबरजस्ती करणी बाहेक लागू औषध, डाका, चोरी, अपहरण तथा शरीर बन्धक, किर्ते जालसाज मुद्दाका कैदीबन्दी रहेको करागार प्रशासनले जानकारी दिएको छ ।
कारागार प्रशासनले दिएको जानकारी अनुसार विभिन्न १९ प्रकारको मुद्दामा गरि जम्मा ३ सय ३४ कैदीबन्दी मध्ये १३ जना विदेशी पुरुष कैदी र ८ जना विदेशी पुरुष थुनुवा गरि २१ जना विदेशी कैदीबन्दी रहेका छन् ।
यता जवरजस्तीकरणी उद्योग मुद्दामा ७ जना, अपहरण तथा शरीर बन्धक मुद्दामा १९ जना, बहुविवाह मुद्दामा ५ जना, बालबिवाह मुद्दामा २ जना, नकनजनी चोरी मुद्दामा १३ जना, वन सम्बन्धी मुद्दामा ३ जना, ज्यान मार्ने उद्योगमा ९ जना, खुनी डाका मुद्दामा ६ जना, सवारी ज्यान मुद्दामा ९ जना कैदीबन्दीहरु रहेका छन् ।
त्यस्तै मान ओसारपोसार मुद्दामा ४ जना, किर्ते मुद्दामा १४ जना, हातहतियार मुद्दामा ४ जना, ठगि मुद्दामा ११ जना, केही सार्वजनिक अपराध मुद्दामा ३ जना, चोरी मुद्दामा १२ जना, डाका मुद्दामा १४ जना र लागु औषध मुद्दामा ३६ जना कैदीबन्दीहरु सो कारागारमा रहेका छन् ।
यता कारागारका निमित्त जेलर सत्यनारायण यादवले कारागारको भौतिक संरचनाको अवस्था बारे सम्बन्धीत निकायमा बारम्बार जानकारी दिँद समेत कुनै सुनुवाई नभएको गुनासो पोखेका छन् । उनले भने, “एक त कारागारको भवन पुरानो तथा अत्यन्त जिर्ण भइसकेको छ र अर्कोतर्फ दिनादिन कैदीबन्दीको संख्या बढ्दै जाँदा ठाउँको अभावका जसोतसो भएकै ठाउँमा राख्न बाध्य छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ