News Category 2076/05/30
बाढीबाट जनधनको क्षति हुन नदिन कृत्रिम अभ्यास
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको हनुमाननगरस्थित कोशी तटबन्धमा आइतबार बाढीबाट जनधनको क्षति हुन नदिन कृत्रिम अभ्यास गरिएको छ ।
सो अभ्यासका क्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बिपतबाट जोगिन तथा जनधन क्षति हुन नदिनको लागी कृत्रिम अभ्यासले ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका छन् ।
बिपत आउनु पूर्व बाढी प्रभावित क्षेत्रमा धेरै जनधनको क्षति हुन नदिनका लागि नगरको श्रोत साधन बमोजिम न्युनिकरण गर्न ठोस कार्ययोजना बनाएर क्लष्टरहरूलाई सक्रिय बनाउनुपर्ने बताए ।
बाढीबाट अति प्रभाबित यस क्षेत्रमा जनधनको क्षति हुन दिनको लागि बिपतको बेला स्थानिय र स्थानिय बिपद ब्यबस्थापन समितिका सदस्यहरू बढी सक्रियताका साथ लाग्नुपर्नेमा जोड समेत दिए ।

सो अवसरमा कोशी पीडित समाजका निर्देशक देब नारायण यादबले बाढी पूर्व तथा बाढी आईसकेपछि अपनाउनु पर्ने साबधानी बारेमा कृत्रिम अभ्यासले बाढी प्रभाबित बस्तीका स्थानियहरूलाई ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
हनुमाननगर कंकालनी नगरपालीका का १४ का वडा अध्यक्ष सत्य नारायण यादबले बाढी पहिरोको बेला हुने जोखिम, उद्वार गर्न र महामारीवाट जोगिन तथा खानेपानी शुद्विकरणसँगै राहत ब्यबस्थापन, उद्वार र पुर्णस्थापनका लागी नगरपालिकाले कार्ययोजना बनाउने बताए ।
गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले बाढी प्रभाबित समुदायमा पानी शुद्विकरण तथा साबुन पानीले हात धुने, चर्पी प्रयोग गर्दा तथा पानी शुद्वगरी खानका लागि टुवेल, धारा, र ईनारको पानी प्रयोग गर्दा पिउस, वाटर गार्ड, एकुवा ट्याप राखेर आधा घण्टा पछि मात्र खाना खाने वारेमा जनचेतना फैलाउनुपर्ने जोड दिए ।
उनले शुद्व पानी नखादा जन्डिस, आउँ, झाडापखाला तथा हैजा जस्ता महामारी रोग हुन नदिन र पानी जन्य रोगवाट बच्नका लागि सबैलाई बाढी प्रभाबित क्षेत्रमा सूचना दिनुपर्ने बताए ।
तिलाठी कोईलाडी गाउँपालिकाका बिपत ब्यबस्थाप अधिकृत राजेश झाले बाढी प्रभाबित क्षेत्रमा हात धोएर खाना खाने, गर्भवती महिलालाई चर्पिमा कसरी लाने, ट्युवेलको पानी खादै नखाने, पोखरीमा बिलिंक पाउडर प्रयोग गरि खाने, दैबि प्रकोपको वेला सबैले सतर्कता अपनाउनुपर्ने जानकारी दिए ।
कोशी पीडित समाजको आयोजनामा तथा डब्लुएफपीको सहयोग र हनुमाननगर कंकालनी नगरपालिको संयोजनामा मौसम पूर्वअनुमानमा आधारित बाढी पूर्व तैयारी कार्यक्रम अन्तर्गत समुदायमा आधारित बाढी पूर्व तैयारी कृतिम अभ्यास कार्यक्रम गरिएको थियो ।
हनुमाननगर कंकालनी नगरपालिकाका वडा नम्वर १ अध्यक्ष भिमराज मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी प्रहरी प्रमुख कृष्ण प्रसाई, बरिष्ठ पत्रकार बैधनाथ झा, लगायतका विभिन्न वडाका वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुख, जिल्ला बिपद ब्यबस्थापन समिति सप्तरी सदस्यकाहरू, विभिन्न क्लष्टरका प्रतिनिधिहरू, स्थानिय बिपद ब्यबस्थापन समिति तथा कार्यदलहरू तथा स्थानिय बाढी प्रभाबित बस्ती स्थानियहरूको कृतिम अभ्यासमा बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ