News Category 2076/06/01
जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
सेना र जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउन अहिले नेपाली सेना अघि बढेको छ ।
सधै अन्तराष्ट्रिय शान्ति स्थापना, प्राकृतिक सम्पदाको संरक्षण तथा राष्ट्रको विकास निर्माण लगायतका काममा खरिहने सेना केही समय निकालेर जनताबीच सम्बन्ध प्रगाढ गर्न लागि परेको हो ।
यसै सन्दर्भमा मंगलबार राजविराजमा नेपाली सेनाले तराई मधेशका संचारकर्मी तथा नागरिक प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाली सेना, समारोह श्रव्य दृष्य महाशाखा तथा भिमदलगणको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रियाको मुख्य उद्देश्य सेना र आमजनता विचको सम्बन्ध अझ प्रगाढ बनाउनु रहेको प्राविधिक महासेनानी ईश्वर कुमार श्रेष्ठले जनाए ।
उनले सेनाको बारेमा आउने केही कुराले कहिलेकाही भ्रम सृजना गर्ने गरेकोले सोही भ्रमलाई हटाउन सेना जनतासँग सम्बन्ध प्रगाढ गर्न प्रयास गरेको बताए । उनले सेनामा हालै थालिएको विभिन्न पदको भर्ना कार्यक्रममा कुनै सोर्सफोर्स नचल्ने तथा योग्य र सक्षमले मात्र प्रवेश पाउने प्रतिबद्घता पनि जनाए ।
यस्तै महासेनानी सोवेन्द्र महतले संचारकर्मी तथा समाजका अगुवाहरुको सहयोग साथ र सु्झाव चाहिएको बताए । विगतमा पनि नेपाली सेना र जनताविचको कसिलो सम्बन्धले नै विपद जोखिमका बेला काम गर्न सहज भएको सुनाउँदै भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवरले यो सम्बन्ध अझ उचाईमा पुर्याउन खोजिएको बताए ।
कार्यक्रममा प्राविधिक प्रमुख सेनानी प्रधुम्न पौडेल, सेनानी रविन अधिकारी, सह सेनानी अनिल यादव लगायतले सेना पूर्ण रुपमा न्यूटल संस्था भएको बताउँदै सेना, समय, परिवेस र जनभावना अनुसार रुपान्तरण हुने बताए ।
कार्यक्रमका सहभागी संचारकर्मी तथा नागरिक अगुवाहरुले सेनाले थालनी गरेको नागरिकसँगको संवादले तराई मधेशमा साकारात्मक संदेश जाने बताउँदे सेना र नागरिक मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली सेनाले विभिन्न समयमा गरेको साकारात्मक कार्य सम्पादन झल्कने चार वटा वृतचित्र र लघुकथा पनि प्रस्तुत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ