News Category 2076/06/05
अग्रज पत्रकार सुमनको निधन
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीका अग्रज पत्रकार हजारी प्रसाद सुमनको आइतबार ७० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो लामो समयदेखि हृदय रोगबाट ग्रसित थिए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाद्वारा जारि विज्ञप्तिमा साबिकको बरमझिया गाविस हाल कंचनरुप नगरपालिका वडा नम्बर ३ निवासी अग्रज पत्रकार सुमनको असामयिक निधनले नेपाल पत्रकार महासंघ अत्यन्त मर्माहीत भएको उल्लेख छ ।
पत्रकारीताको माध्यमले निरंकशुत पञ्चायती व्यवस्थाको विरोध गर्दै मुलुकमा बहुदलिय प्रजातन्त्रका लागि अथक योगदान पु¥याएका प्रजातान्त्रीक योद्धाहरु मध्यै एक श्रद्धेय सुमन सप्तरीको पत्रकारीता जगतका लागि पनि ईतिहास पुरुष रहेको विज्ञप्तिमा जनाइएको छ ।
वि.स. २०२४ साल तिरै जेल परेका सुमन आन्दोलनका क्रममा पटक पटक जेल परेका उनी मुलुकमा बहुदलिय प्रजातन्त्रको स्थापना पश्चात् नेपाली काँग्रेससँग आबद्ध भएका थिए ।
दिगंवत आत्माको चिरशान्तिको कामनासहित सुमनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै विज्ञप्ति मार्फत शोकाकुल परिवारमा हार्दिक समवेदन प्रकट गरिएको छ ।
पत्रकारिता जगतमा गरेको योगदानको कदर स्वरुप नेपाल पत्रकार महासंघ सप्तरीलाई २०६९ सालमा भारदह साधारण सभामा सुमनलाई सम्मान समेत गरिएको थियो ।
यस्तै नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य समेत रहेका तत्कालिन बरमझिया गाविसका पूर्व अध्यक्ष, २०१७ सालदेखी कृयाशील थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ