News Category 2076/06/05
७० वर्षे बृद्धलाई यौन दुव्र्यवहारमा कैद
.jpeg)
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक ७० वर्षे बृद्धलाई जिल्ला अदालत सप्तरीले यौन दुव्र्यवहार कसुरमा कैद सजाय सुनाएको छ ।
बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा जिल्ला न्यायाधिश जवाहरप्रसाद सिंहको एकल इजलाशले तिलाठी कोइलाडी गाउँपालिका ५ बर्साइनका खुशीलाल रजकलाई तीन महिना कैद र ३० हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार दीलकुमार बर्देवाले जानकारी दिएका छन् ।
२०७५ साल भदौं ७ गते बाटामा हिँडिरहेकी किशोरीलाई घरभित्र लगेर हातपात गरी यौन दुव्र्यवहार गरेको कसुरमा रजकलाई अदालतले सो फैसला गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ ८ गते पीडितकी आमाले उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ