News Category 2076/06/06
गोली प्रहारबाट घाइते मण्डलको अवस्था सामान्य, गोली हान्नेको खोजतलास तिब्र

दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
अज्ञात व्यक्तिले चलाएको गोली लागेर घाइते भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का २४ वर्षिय भगवती प्रसाद मण्डल सोमबार अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् ।
आइतबार साँझ मोटरसाइकल चढी राजविराजबाट घरतर्फ जाने क्रममा दुई जना चढेको भारतीय नम्बरको अर्को मोटरसाइकलले ओभरटेक गरि उनीमाथी एकान्त बाटोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बाँया पाखुरामा गोली लागि ढलेका उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो ।
स्थानिय आशा नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष समेत रहेका मण्डलमाथी गोली प्रहार गर्नेहरु तत्कालै फरार भएको र खोजी कार्य तिब्र बनाइएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
उनले मण्डल उपचारपछि घर फर्किएको तथा उनीमाथी गोली प्रहार गर्ने शंकास्पद व्यक्तिहरुको खोजी कार्य तिब्र बनाइएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ