News Category 2076/06/06
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
मुलुक कै पुरानो क्याम्पस मध्ये महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराज र एक दाता परिवारबीच बढ्दै गएको मतभेद अन्त्य भएको छ ।
क्याम्पस प्रमुख डा. सर्बेशचन्द्र मिश्रको अगुवाईमा क्याम्पस र क्याम्पसदाता परिवारका एक सदस्य ललिता यादब लताबीच भएको छलफलबाट मतभेद अन्त्य भएको हो ।
क्याम्पस प्रमुख मिश्रले क्याम्पस दिवसको दिन भएको घटनाप्रति खेद प्रकट गर्दै आउने दिनमा सम्पूर्ण क्याम्पस दातापरिवारलाई आमन्त्रित गरि भव्यताका साथ क्याम्पस दिवस मनाउने प्रतिबद्धता ब्यक्त गरे ।
गत भदौ ११ गते सम्पन्न क्याम्पस दिवसको अवसरमा क्याम्पसका दाता बिन्देश्वरीका छोरा ईनरदेव पक्षका बुहारी प्रतिनिधि सभाका सदस्य रेणु कुमारी यादबलाई कार्यक्रममा मात्र बोलाएर कार्यक्रम गर्न खोज्दा अर्काे पक्ष बिन्देश्वरीका अर्का छोरा धर्मदेबका बुहारी ललितादेवी लतालाई नबोलाएको भन्दै लता पक्षले कार्यक्रम सभाहलमा ताला लगाएका थिए ।
कार्यक्रम स्थलमा होहल्ला भएपछि क्याम्पस प्रशासनले संस्थापक दाता स्व. बिन्देश्वरी यादबको शालिकमा फुलमाला लगाएर कार्यक्रम तत्काल स्थगित गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ