News Category 2076/06/07
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै सांसद तेजुलाल चौधरीमाथी हातपात
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रम स्थल मै सांसद तेजुलाल चौधरी माथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका छन् ।
नेपाली काँग्रेस सप्तरीको आयोजनामा मंगलबार राजविराजस्थित पविमाविको मैदानमा आयोजना गरिएको जागरण अभियानको समापनको अवसरमा मञ्चमै उनीमाथी हातापात भएको हो ।
पार्टीका जिल्ला सभापति दिनेशकुमार यादवको अध्यक्षतामा आयोजना भईरहेको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रममा आशन ग्रहण सम्बन्धमा बिवाद हुदाँ सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीसँग मंच मै कार्यकर्ताले हातपात गरेका हुन ।
हातपात भएपछि कार्यक्रम बहिष्कार गर्दै सांसद चौधरीले राजविराज नगरपालिकास्थित जनआन्दोलन चौकमा कोणसभा गरेका छन ।
सो सभालाई सम्बोधन गर्दै सांसद चौधरीले कांग्रेस जागरण अभियानमा कांग्रेस जिल्ला सभापति दिनेश यादबले गुण्डा शैलीमा आफूमाथि हातताप गराएको आरोप लगाए । उनले आफु माथि भएको हातपातको घोरआपति जनाउदै कार्यक्रम बहिष्कार गरेका बताए ।
भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी समापन भएको छ ।
यस्तै पविमाविको मैदानमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य अजय कुमार चौरसियाले मूलत बढ्दो महँगी, भ्रष्टाचार, वाइडबडी, न्यारो वडी प्रकरणलगायत महिला हिंसा, बलात्कार र हत्या, बढ्दै गएको बताउदै सरकार यसप्रति गम्भीर नभएको आरोप लगाए ।
सो अवसरमा पुर्व गृह राज्यमन्त्री रामकुमार चौधरीले संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहेर अभियान संचालन ल्याएको बताए ।
कार्यक्रममा नेबिसंघ पुर्व महामन्त्री ईर्साद अन्सारी, नेविसंघ केन्द्रीय सदस्य नन्दकिशोर यादब, जिल्ला सचिव रामकुमार यादब लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ