News Category 2076/06/08
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
उच्च अदालत जनकपुर राजबिराज ईजलासका बरिष्ठतम न्यायाधिश तिलप्रसाद श्रेष्ठले जनतालाई सहज न्याय सम्पादनसँगै न्यायपालिकालाई छिटोछरितो बनाउन अदालत प्रतिबद्ध रहेको बताएका छन् ।
राजबिराज उच्च अदालत बार एशोसिएशनद्वारा बिजया दशमी, दिपावली एंव छठ पर्वको अवसरमा बस्आयोजित शुभकामना आदान प्रदान एंव सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।
जनतालाई छिटोछरितो न्याय दिलाउन अदालत प्रतिबद्ध रहेको बताउदै उनले पंचवर्षिय योजनाले न्याय सम्पादनलाई अझ चुस्तदुरूस्त बनाई जनतालाई न्यायमा पहुँच हुने बिश्वास समेत ब्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादबले न्याय सम्पादनमा नागरिकलाई सहज बनाउन बार र बेन्च एउटै पांग्रा भएर काम गर्नुपर्नेमा जोड दिए ।
यसैगरी उच्च अदालत जनकपुरका रजिष्टार रोशनकुमार भट्टराईले उच्च अदालतले दुई बर्षको मुद्दा शुन्यमा झारेको बताउदै बमोजिम जिल्लामा ७२ प्रतिशत मुद्दा फर्छाैटमा सफलता पाएको बताए । जनतालाई न्यायप्रति थप बिश्वास दिलाउन गाउँ र टोलटोलमा अदालत जाने कार्यक्रम गर्दै आएको उनले जानकारी समेत दिए ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता देब नारायण यादब, बारका पूर्व अध्यक्ष बिजय कुमार यादब, अधिवक्ता बोधकृष्ण भगत, अधिवक्ता देब नारायण यादबलगायतले संविधान, कानुन र न्यायका मान्य, सिद्वान्त प्रति उत्तर दायित्व रहेर जनतालाई छिटो छरितो र गुणस्तरिय न्यान सम्पादन गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ