News Category 2076/06/08
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
सप्तरीका फार्मासिस्टहरूले स्थानिय निकायमा फार्मासिस्टहरूको दरबन्दीको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिएका छन ।
सबैको लागि सुरक्षित तथा प्रभावकारी औषधी भन्ने नाराकासाथ विश्व फार्मेसी दिवसको अवसरमा बुधबार राजबिराजमा आयोजित कार्यक्रममा सहभागीहरूले सो माग गरेका हुन् ।
आयोजित कार्यक्रममा डा. दिलिप कुमार साहले औषधीको बारेमा फार्मेसीहरूले बिरामीलाई बुझाएर मात्र औषधी खान सुझाव दिनुपर्ने सुझाव दिए । बिरामीलाई कुन औषधी दिइएको भन्ने बारेमा चित्त बुझाएर मात्र बिरामीलाई औषधीको सेवनको बारेमा काउन्सिलिङ गर्नुपर्ने जिकिर गरे ।
सोही कार्यक्रममा जनस्वास्थ कार्यालयका कार्यालय प्रमुख निरन्जन यादबले फार्मसीलाई थप मर्यादित सँगै पेशालाई ईमान्दारिता बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहायक फर्मासिस्ट टुनटुन यादबले धेरैले फार्मेसी पढेर लाइसेन्स समेत लिएर बसिरहेकाले उनीहरुको रोजगारीको ग्यारेन्टी गराउनु पर्नेमा जोड दिए ।
सोही कार्यक्रममा स्थानिय तहमा अधिकार आईसकेको अबस्थामा नगरपालीका र गाउपालिकाले रोजगारको ग्यारेन्टी गर्नुपर्ने बताउदै फार्मेसीहरूको पेशागत हकहितको लागि रोजगारको ब्यबस्थाको ग्यारेन्टी गर्नुपर्ने माँग गरे ।
सहायक फार्मार्सिस्ट टुनटुन यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, युनिक कलेजका फार्मासिस्ट सुरेश चौधरी, गजेन्द्र नारायण सिह अस्पतालका क्लिनिकल फार्मासिस्ट दिनेश कुमार यादब, औषधी ब्यबसायी तुलानाथ माझीलगायतले फार्मासिस्ट पेशाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ