News Category 2076/06/10
प्रहरीको विशेष सुरक्षालाई चुनौती दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी

दैनिक समाचारदाता
राजबिराज, ९ असोज ।
चाड पर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक गरेकै राती राजविराजमा आधा दर्जन भन्दा बढी ठाउँमा चोरी भएको छ ।
प्रहरीले बुधबार मात्र चाड पर्वलाई लक्षित गर्दै आगामी एक वर्षे विशेष सुरक्षा रणनीतिक योजना सार्वजनिक गरेको थियो ।
यसैबीच राजबिराज वडा नं. ५ स्थित वडा कार्यालयको छेउ मै रहेको त्रिपती ईन्टरप्राईजेजको सटर तोडेर २ लाख १० हजार नगद चोरी भएको पीडितले जनाएका छन् ।
पसल संचालक कृष्णा साहका अनुसार राती सुतेको बेला पसलमा अज्ञात समुहले अन्दाजी २ बजे तिर सटर तोडेर पसलमा रहेको रकम लगेको बताए ।
यसैगरी सोही वडाको कुनौली सडक खण्डस्थित पबिमाबि र वडा कार्यालयको नजिक रहेको माया मण्डलको चिया पसलबाट २ हजार ५ सय नगद रकम समेत चोरी भएको छ ।
यस्तै सोही ठाउको दिलिप साहको पान पसलमा समेत विभिन्न सामान गरि २ हजार बरावरको चोरी भएको पीडितले बताएका छन् ।
त्यस्तै सोही स्थानका चौधरीको चिया तथा नास्ता पसलबाट ५ हजार बरावरको समानहरू चोरी भएको वडा अध्यक्ष समीर झाले जानकारी दिएका छन ।
त्यस्तै वडाकै मेजमानको पान पसलबाट विभिन्न सामान गरि १० हजार मुल्य बरावरको सामानहरू चोरी भएको अध्यक्ष झाले जानकारी दिए ।
यता वडा अध्यक्ष समीर झाले चोरी नियन्त्रणका लागि वडाको विभिन्न ठाउँ ठाउँमा सिसि क्यामरा जडान रहेको तथा थप केही स्थानमा सिसि क्यामरा समेत जडान गरिने बताए ।
यसैगरी राजबिराज ३ स्थित हनुमान मन्दिरको छेउमा रहेको शिक्षक ईन्द्रनारायण साहको घरवाट ६५ हजार वरावरको दुई वटा मोवाईल चोरी भएको छ ।
राती सुतेको बेला दोस्रो तल्लाको ओछ्यानमा चार्जमा रहेको दुई वटा मोवाइल झ्यालवाट चोरी भएको पीडित अशोक साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ