News Category 2076/06/10
कोशी पीडितको आन्दोलन स्थगन पर्वपछि आन्दोलन चर्काउने कोशी पीडितको चेतावनी
दैनिक समाचारदाता
राजबिराज, ९ असोज ।
विगत ४० दिनदेखि रिले अनसनमा बसेका कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि रिले अनसन स्थगन गरि आन्दोलनका स्वरुप परिवर्तन गरेको छ ।
विहिबार कोशी ब्यारेजमा आयोजित पत्रकार सम्मेलनमा कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि तत्काल रिले अनसन स्थगन गरी नयाँ स्वरुपमा आन्दोलनका साथ अघि बढ्ने जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका उपसंयोजक ज्योति झाले नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखी दशै तिहार र छठ पर्व सम्मका लागी रिले अनसन स्थगन गरि आन्दोनलको स्वरुप परिवर्तन गरेको बताए ।
उनले आन्दोलन स्थगनको अवधीभर कोशी पीडितको समस्यालाई लिएर सुनसरी, उदयपुर र सप्तरीका गाउँगाउँमा पुगी जागरण अभियान चलाउने र शक्ति संचय गर्ने काममा सदुपयोग गर्ने बताए ।
कोशी पीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभए छठ पर्व सकिए लगतै आन्दोलन चर्काउने तयारी गरिएको उनले बताए ।
भुआर्जन कार्यालयबाट पनि कोशी पीडितको जायज माग पुरा गराउन आवश्यक पहल भईरहेको र छिट्टै सामाधान गर्ने आश्वासन समेत प्राप्त भएको उनले खुलासा गर्दै सो प्रतिबद्घता तथा चाडपर्वलाई ध्यानमा राखि केहि दिनका लागी स्थगन गरि आन्दोलन नयाँ स्वरुपमा पुनः सुरु हुने समेत जानकारी दिए ।
कोशी पीडितले मुआब्जा र क्षतिपुर्तिको माग गर्दै हरेक वर्ष आन्दोलन गर्र्दै आएका छन् । सम्बन्धित निकाय र स्थानिय प्रशासनले समस्या सामाधानका लागी पहल गर्ने आस्वासन दिएर हरेक पटकको आन्दोलन मत्थर पार्ने गरेपनि हाल सम्म कसैैले न्याय नपाएको संघर्ष समितिका संयोजक महिदेव चौधरीको भनाई छ ।
कोशी ब्यारेज निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा र बाली क्षतिको मुआब्जा, दुवै तटबन्धको विच जग्गाको सुरक्षा र २०११ सालमा भएको भारत–नेपाल कोशी सम्झौताको कार्यान्वयन लगायतको माग राख्दै गत साउन ३२ गतेदेखि कोशी नदी कटान डुवान संघर्ष समिति सुनसरी, उदयपुर र सप्तरीको अगुवाईमा रिले अनसन थालिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ