News Category 2076/06/13
चाड पर्वमा सुरक्षित यात्राका लागि प्रहरीद्वारा शुभकामना

दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सप्तरी प्रहरीले चाड पर्वको समयमा सुरक्षित यात्रालाई लक्षित गर्दै सडक दुर्घटना न्युनिकरणका लागि “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना” कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको सहकार्यमा सोमबार बिहान राजविराजस्थित गजेन्द्र चौकमा सो कार्यक्रमको आयोजना गरेको हो । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा लामो दुरी तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने सम्पुर्ण यात्रीहरुको सुरक्षित यात्रालाई लक्षित गरी सडक दुर्घटना न्युनिकरण अभियानलाई सफल बनाउने उद्देश्यले कार्यक्तम आयोजना गरेको जनाएको छ ।
आयोजित कार्यक्रममा प्रहरी निरीक्षक प्रकाश बस्नेत लगायतले लामो तथा छोटो दुरीका सवारीका चालक, परिचालक, यात्रुहरु, संचारकर्मी, नागरिक समाज, समेतको सहभागितामा सवारी चालकहरुलाई टिका लगाई सुरक्षित यात्राको शुभकामना दिएका थिए ।
सोही अवसरमा यात्रु तथा चालकहरुले पालना गर्नु पर्ने पम्प्लेट समेत बितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ