News Category 2076/06/13
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
नेपालीहरुको महान चाड वडादशैं सुरु भए सँगै मुलुककै प्रसिद्ध शक्तीपिठ तथा मन्दिरहरूमा भक्तजनहरूको कमी भएको छ ।
तीन दिनदेखि भएको बर्षाले गर्दा छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी भगवती मन्दिर, राजविराजस्थित भगवती मन्दिर र राजेदबी मन्दिर लगायतका दर्जनौ मन्दिरहरुमा भक्तजनहरुको कमी भएको हो ।
शनिवारदेखी भएको बर्षाले गर्दा आइतबार घटस्थापनाका दिन र सोमबार पनि मन्दिरहरूमा भक्तजनहरुको मन्दिर आउने क्रम घटेको छ ।
राजबिराजको भगवती मन्दिर, राजदेबी मन्दिर, छिन्नमस्ता र कंकालिनी मन्दिर मात्र नभएर जिल्लाका अन्य भगवती मन्दिरहरुमा समेत पुजा तथा दर्शनकालागि भक्तजनहरु आउने क्रम घटेको राजदेबी मन्दिरका पुजारी भोला साहले बताए ।
नियमित बर्षाले शक्तिपीठमा वडादशैंका बेला भक्तजनहरु बढी आउने गरे पनि बर्षाले गर्दा भक्तजनहरूको संख्यामा कमि आएको छिनमस्ता मन्दिरका पीठाधीश महाकान्त ठाकुर बताउँछन् ।
सो मन्दिरमा नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट श्रद्धालुहरु दर्शन गर्न आउने गरेको पीठाधीश ठाकुर बताउछन । यस मन्दिरमा भाकल पुरा भएपछि विशेष पुजापाठको लागि पनि वडादशैंमै आएर खसी–बोकाको बलि चढाउने परम्परा रहि आएको छ ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ भारहदस्थित कंकालनी भगवती मन्दिरमा खास गरी निःसन्तान महिलाले भाकल गरेपछि सन्तान प्राप्तिलगायतका भाकल गरे मनोकामना पूरा हुने जनबिश्वास रहेको छ ।
भाकल पुरा भएपछि वडादशैंको नवमी तिथिमा राँगा बलि प्रदान गर्ने तथा अन्य समयमा समेत बोका, परेवा, मिठाई र गरगहना चढाउने परम्परा रहिआएको छ ।
यस बाहेक जिल्लको डाक्नेश्वरी नगरपालिकास्थित डाक्नेश्वरी भगवती, हनुमाननगर कंकालिनी नगरपालिका स्थित योगिनीमाई लगायतका मन्दिरमा समेत भक्तजनको चहल पहल गत बर्षभन्दा यसपाली घटेको छ ।
यसैबीच सोमबार दिउँसोदेखी वर्षा रोकिएकोले साँझ मन्दिरहरुमा केही घुँइचो लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ