News Category 2076/06/15
आन्तरिक पर्यटनको बिकास बिना प्रदेशको विकास असम्भव ः कृषि मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
भूमी ब्यबस्था, कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषि तथा आन्तरिक पर्यटनको प्रवद्र्वनको बिकास नभएसम्म प्रदेशको बिकास असम्भव रहेको बताएका छन् ।
बिजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अबसरमा लगाइएको रमाईलो मेलाको बुधबार उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् । पर्यटकीयस्थल तथा प्रसिद्व स्थानहरूको आन्तरिक पर्यटनको बिकास हुनुपर्नेमा जोड दिँदै उनले कृषिको बिकास नहुन्जेलसम्म प्रदेशको बिकास समेत हुन नसक्ने जिकिर गरे ।
प्रदेशको बिकासमा कृषिलाई प्राथमिकमा राखेर मुख्य मन्त्री कृषि उत्थान कार्यक्रम ल्याउने योजना रहेको बताउादै उनले १ कठ्ठा देखि १० कठ्ठा सम्मको किसानलाई १० हजार रूपैया सहुलियत दिने योजना रहेको उल्लेख गरे ।
मन्त्री साहले आप प्रसोधन केन्द्र पनि यसै बर्ष स्थापना हुने भन्दै अरगेनिक मलको कारखाना बनाउने प्रदेश सरकारको योजना अन्तरगत सप्तरीमा समेत सो कारखाना निर्माण हुने उल्लेख गरे ।
सोही उद्घाटन कार्यक्रममा राजबिराज नगरका प्रमुख शम्भु प्रसाद यादबले राजबिराज रमाईलो मेलालाई निरन्तरता दिन नगरपालिकाको सहयोग रहने जानकारी दिए ।
सोही अवसरमा नगरका उपप्रमुख साधना झाले रमाईलो मेलाले सप्तरीको भाषा, संस्कृतिक, व्यापारसँगै नगरको बिकासमा ठूलो सहयोग पुग्ने जिकिर गरे ।
कार्यक्रममा समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादबले रमाईलो मेलाले मिथिला र मधेशको उत्थानसँगै समाजको बिकृती, बिसंगति हटाउन ठूलो सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।
सप्तरी युथका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका उपाध्यक्ष शंकर दास, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब, सप्तरी युथका उपाध्यक्ष मोहन यादबलगायतले मेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सप्तरी युथ नेपालको आयोजना तथा उद्योग बाणिज्य संघ सप्तरी तथा अन्य संस्थाहरुको संयोजनमा लागेको मेलामा बालबालिकाहरुका लागि विभिन्न मनोरन्जनका सामाग्रि, खाद्यानहरू, महुलीको दही, खसी मासु, बरमझीयाको पेडा, बिषणुपुरको मासु, कोसीको माछा, हनुमाननगरको परेवा, राजबिराजको पंचमेर र पान, बिरेन्द्र बजारको थारू खाना लगायतको स्टलहरु रहने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ