News Category 2076/06/16
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
सप्तरीको प्रसिद्ध छिन्नमस्ता, कंकालिनी भगवती, राजदेवी लगायत शक्तिपीठहरुमा श्रद्धालुको घुँइचो लाग्न थालेको छ । यस अवसरमा शक्तिपीठहरुलाई झकिझकाउ पारिएको छ भने ठाउँठाउँमा मेला लागेको छ ।
मन्दिर समिति तथा विभिन्न युवा क्लवले लाखौं रुँपैया खर्चेर शक्तिपीठहरुलाई दुलही झैं सिंगारेका छन् । प्रमुख शक्तिपीठि छिन्नमस्ता र कंकालिनी मन्दिरलाई आकर्षक र झकिझकाउ बनाउ मन्दिर समिति र युवा समितिले १० लाख भन्दा बढी रकम खर्च गरेको छ ।
दशैंको बेला नेपाल तथा छिमेकी मुलुक भारतका धर्मावलम्बीहरुको घुँइचो लाग्ने छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिरमा श्रद्धालुको पुजाआजा दर्शनका लागि आवश्यक सबै ब्यवस्था मिलाइएको छ ।
लाखौंको संख्यामा आउने झक्तजनका लागि खानेपानी, शौचालय, सुरक्षा, रात बिताउनेका लागि उपयुक्त वास स्थललगायतका सबै व्यवस्था मिलाइएको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताए ।
यस वर्ष करि ६० लाख श्रद्धालु आउने अनुमान गरिएको उनको भनाई छ । यस वर्ष यहाँ करिब १५ हजार बोका बली प्रदान गरिने उनले अनुमान गरेका छन् ।
यस्तै कंकालिनीदेवी मन्दिर प्राङ्गणमा देवीको दर्शन र मन्दिरको परिसरमा हुने राँगा वली यहाँको मुख्य आकर्षण केन्द्र मानिन्छ । राँगा वली व्यवस्थापन, भक्तजनाका लागि प्रतिक्षालय, मञ्च, पण्डाल, खानेपानी, फलफुल, मिठाई तथा प्रसाद सामाग्रिको पसल, धर्मशाला लगायतका सम्पूर्ण व्यवस्था मन्दिर समितिले नै मिलाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ