News Category 2076/06/17
विकासका लागि सकारात्मक सोच आवश्यक ः कृषि मन्त्री
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सकारात्मक सोचको बिकास नभएसम्म सामाजिक बिकास हुन नसक्ने बताएका छन् ।
गैर सरकारी संस्था महासंघ नेपाल, निर्माण ब्यवसायी संघ र उधोग वाणिज्य संघ सप्तरीद्वारा शुक्रबार संयुक्त रूपमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताएका हन् ।
सकारात्मक सोच नभएकै कारण सामाजिक परिवर्तनसँगै राजनीतिक परिवर्तन पनि हुन नसकेको उनले जिकिर गरे । समाजमा हतोसाहित गर्ने प्रबृतिले समाजको परिवर्तन र बिकासको बाधक रहेकोले यस्ता समाजिक बिकृतीहरूलाई हटाउनु पर्नेमा उनले जोड दिए ।
नगरको ट्राफिक ब्यबस्थापन एकदमै कमजोर रहेकोले सुरक्षा ब्यबस्थासँगै ट्राफिकलाई ब्यबस्थित गर्न प्रहरीलाई जिम्मेवार भएर काम गर्न उनले सोही कार्यक्रममा निर्देशन समेत दिए ।
त्यस्तै आमउपभोक्तालाई मध्यनजर गर्दै चाडपर्व वेला मात्र अनुगमन हुने भएकोले बजार अनुगमनलाई निरन्तरता दिनुपर्नेमा उनले सरोकारवालालाई ध्यानाकर्षण समेत गराए ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले अन्यायको बिरूद्वमा न्याय पक्षमा जितको लागि सबैमा माता भगवतिले शक्ति प्रदान गर्नु भनी शुभकामना ब्यक्त गरे ।
त्यस्तै सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले चाड पर्वलाई लक्षित गरी जिल्लाको शान्ति सुरक्षालाई ब्यबस्थित गर्न योजना अनुसार लागू औषध, चोरी नियन्त्रण र ट्राफिक नियन्त्रण, रक्सी, चोरी निकासीलाई रोकथाम गर्न प्रहरी सक्रिय भएर काम गरिरहेको बताउदै त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए ।
कार्यक्रममा उधोग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरूण प्रधानले जिल्लाको सम्रग बिकासमा गति दिनका लागि प्रदेश र स्थानिय सरकारले ब्यापारीहरूको हकहितसँगै हातमा हात मिलाएर बिकासको बाटोमा डो¥याउनुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, नेकपा सप्तरीका नेता छेदी रजक, नेपाली काँग्रेस सप्तरी अध्यक्ष दिनेश कुमार यादब, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादब, राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब, रूपनी गाउपालिका अध्यक्ष हरेराम यादब, नागरिक समाज थानसिंह भन्साली, नागरिक संजालका सुखराम यादब, गैसस महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष ध्रुव कुमार देव, गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, निर्माण ब्यबसायी संघका अध्यक्ष एनेश्वर दास, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तिलक प्रसाईं लगायतले जिल्लाको शान्ति सुरक्षा, सुशासन, बिकास, भ्रष्टाचारमा न्युनिकरण गर्न सबैको सहयोग आवश्यक रहेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ