News Category 2076/06/24
दुई मोटरसाइकल ठोकिदा दुईको मृत्यु, दुई गम्भिर
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्क नगरपालिका ८ स्थित बिषणुर चोकमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.६८प. ६८८७ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज.६प. ५८५३ नंको मोटरसाइकल बुधबार एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनमा परी बा.६८प. ६८८७ नं.को मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा निवासी २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज.६प. ५८५३ नम्बरको मोटरसाइकलमा सवार खड्क नगरपालिका ६ बिषणपुर निवासी २८ वर्षीय अनबारुल अन्सारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका ६ बिषणपुर निवासी ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन् । लहानस्थित सप्तऋषि अस्पतालमा उनीहरुको उपचार सम्भव नभएपछि शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
यता दुवै मोटरसाइकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ