News Category 2076/06/24
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव

दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य भएर जाने बताएका छन् ।
समाजवादी पार्टी नगर समिति राजविराजद्वारा विहिवार आयोजित बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।
उनले राजपालाई आफ्नो पार्टीसँग एकता गर्ने बाहेकको विकल्प नरहेको बताउँदै एकता नगरे राजपाको पनि अन्त्य हुने निश्चित रहेको जिकरि गरे ।
उनले अबको राजनीतिक विकल्पको रुपमा समाजवादी पार्टी मात्रै रहेकोले राजपालाई समयमै विचार पु¥याएर एकता गर्न आह्वान समेत गरे । संविधान संशोधनको विषयमा सरकारसँग गम्भिरतापूर्वक कुरा भईरहेको बताउँदै मन्त्री यादवले अब पनि सरकारले संशोधनतर्फ अघि नबढे बाध्य भएर आफुहरु पनि संघर्षको बाटोमा लाग्ने चेतावनी दिए ।
संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गर्ने वर्तमान सरकारको जिम्मेवारी पनि रहेकोले संशोधनको विषयलाई अविलम्ब सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।
समाजवादी नगर समितिका अध्यक्ष भिमराज यादवको अधयक्षतमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वमन्त्री एवं पार्टीका उपाध्यक्ष रेणु यादव, प्रतिनीधि सभा सदस्य डा. सूर्यनारायण यादव, केन्द्रीय सदस्यहरु कैलाश कुमार यादव, विनोद कुमार चौधरी, सदस्य अशोक कुमार यादव, उमेश यादव, सल्लाहकार सुमन चौधरी, मधेश प्रदेश समितिका सचिव दिनेश कुमार यादव, सप्तरी जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, सदस्यहरु युसुफ अलि, भिम बहादुर तामाङ, राधेश्याम पंडित, अमृत साफी, भारतीय कम्युनिस्ट पार्टीका नेता सत्यनारायण यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तारकेश्वर यादव, समाजवादी महिला संघ सप्तरीका अध्यक्ष मिरा यादव, महिला नेता रमिला साह, पुर्व शिक्षक करण यादव, कलाकार शिवशंकर यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ