News Category 2076/06/25
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी दिवसमा तीन प्रहरी पुरस्कृत
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
जिल्लाको शान्ती सुरक्षामा उल्लेखनीय भुमिका निर्वाह गरेकोले ६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रम बिच तिन प्रहरीलाई पुरस्कृत गरिएको छ ।
प्रदेश नं. २ प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको सयुक्त आयोजनामा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
पुरस्तकृ हुने प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय सप्तरीका असई चन्द्रकिशोर झालाई प्रहरी अफ दि मन्थ, जिल्ला प्रहरी कार्यालयका जवान बाल कृष्ण यादब र प्रहरी तालिम केन्द्रका प्रहरी जवान बृज कुमार यादब रहेका छन् ।
गत असोज १९ गते महदेवा गाउँपालिका १ मा गफुर पमरियाको हत्याका आरोपित आमा छोरालाई पक्राउ गर्न खेलेको अहम भुमिका वापत असई चन्द्रकिशोर झालाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश बस्नेतले जानकारी दिएका छन् ।
त्यस्तै अवैध मदिरा नियन्त्रण गर्ने कार्यमा ९० कार्टुन अबैध मदिरा बरामद गरेका प्रहरी जवान बालकृष्ण यादव र तालिम केन्द्रका प्रहरी जवान बृजकुमार यादबलाई अनुशासित, ईमान्दारिता तथा जिम्मेवारीपूवर्क सेवा निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए ।
यसैबीच प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकर यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाई, शसस्त्र प्रहरी वल सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक उद्वव न्यौपाने, अनुसन्धान उपनिर्देशक तिलक शर्मा प्रसाई भु.पु. प्रहरी, अमर प्रहरीका परिवार, विभिन्न संघ सस्थाका प्रमुख प्रतिनिधिहरु, पत्रकार, समाजसेवी, वुद्धिजिवी लगायतको सहभागिता रहेको थियो । यसअघि प्रहरी दिवसको अवसरमा शुक्रबार बिहान राजबिराजमा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ