News Category 2076/06/28
विपद व्यवस्थापन सम्बन्धी पूर्व अभ्यास

दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सोमबार बाढीका समयमा हुने जोखिमबाट बच्ने र बचाउँने विषयमा पुर्वाभ्यास गरिएको छ ।
बाढीको प्रकोपबाट हरेक वर्ष सो गाउँपालिकामा सर्वाधिक प्रभावित हुने गरेको छ । यसैबीच सो गाउँपालिका ५ स्थित बर्साइन गाउँमै पुगी नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरी तथा कोशी बेसिन कार्यक्रमको प्राविधिक टोलीले वडा स्तरिय विपद व्यवस्थापन समितिको समन्वयमा विपदको पूर्व तयारी र विपदका समयमा गरिनुपर्ने उद्घार राहतको सांकेतिक अभ्यास गरेको हो ।
पुर्व सूचना प्रणालीमा आधारित कृत्रिम घटना अभ्यासमा बाढीका कारण घरहरुमा पु¥याउने क्षती, मानिस डुबेको, उद्घार गरिएको, स्वास्थ्य उपचार र राहत वितरण लगायतको सांकेतिक अभ्यास गरिएको थियो ।
विपद पुर्व गरिएको सांकेतिक अभ्यासले पूर्व तयारीका लागी के गर्नुपर्ने भनेर स्थानियबासीलाई थाहा भएको वडाध्यक्ष राजेन्द्र साहले बताए । हालै आएको बाढीले यस गाउँपालिकाको करिब ८५ प्रतिशत भुभाग जलमग्न भएको बताउँदै उनले अहिले भएको सांकेतिक अभ्यासले बाढीका बेला थोरै भएपनि राहत अनुभव हुने विश्वास व्यक्त गरे ।
बाढी प्रभावित तथा कोशी नदी किनारमै गरिएको सांकेतिक पूर्व अभ्यास कायक्रममा रेडक्रस तथा कोशिबेसिन कार्यक्रमका पदाधिकारी तथा तालिम प्राप्त कर्मचारी र स्वयसेवकले बाढीको जोखिम न्यूनिकरण र उद्घार कार्यबारे स्थानियलाई सचेत गराउने खालका उद्घार कला प्रदर्शन गरेका थिए ।
कोशिबेसिन कार्यक्रमका कार्यक्रम अधिकृत प्रसान्त थापाले प्राकृतिक विपदको सामना गर्न पूर्व तयारी स्वरुप प्रभावित क्षेत्रमै पुगी सचेतना कार्यक्रम चलाइएको बताए । यसले विपदको समयमा क्षति न्यूनिकरण र उद्घार गर्न सजिलो र सहज हुने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ