News Category 2076/06/28
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह
चन्दनकुमार यादव
राजविराज, २८ असोज ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज कुमार सिंहले बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेश स्तरिय बिपद जोखिम न्युनिकरण नीति तथा विपद जोखिम ब्यबस्थापन रणनीतिक कार्ययोजना २०७६ देखि २०८७ को तर्जुमा सम्बन्धमा जिल्ला बिपद ब्यबस्थापन समिति संघद्वारा मंगलबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिएका हुन् ।
उनले बिपद्मा अल्पकालिन योजना नभई स्थलगत रणनीति बनाई दिर्घकालिन योजना बनाउनुपर्ने बताउँदै प्रदेश २ का ८ वटै जिल्ला बाढीबाट बढी प्रभाबित हुने भएकोले स्थानिय तहले बिपद्को पहिचान गरी रणनीति बनाउनु पर्नेमा जोड समेत दिए ।
बिपद् क्षेत्रमा बर्षेनी बाटोमा माटो, ग्राभेल गरेर बिकास गरेर सम्भव नहुने भन्दै आउने दिनमा गम्भिरतापूर्वक बिपद्लाई बुझेर स्थलगत कार्ययोजना बनाउन स्थानिय तहलाई सुझाव दिए ।
चुरे क्षेत्रमा क्रसर लगाएर वन बिनास रोक्नुपर्ने बताउदै राज्य मन्त्री सिंहले प्रदेश सरकार कानुनी रूपमा मजबुत नभएकोले चुरे भु–भागमा मानविय बस्तीसँगै वन दोहन रोक्न नसकेको जिकिर गरे ।
स्थानिय सरकारले प्रकोप न्युनिकरण गर्न र ठूलो जनधन तथा मानविय क्षति हुन नदिनका लागि बिपद पुर्व तयारी ब्यबस्थापनका लागि घरनक्सा पास, भवन निर्माण गर्ने बेलामा, बसाईसराई गर्ने वेला ध्यान पु¥याउनु पर्नेमा उनले जोड दिए ।
राज्य मंन्त्री सिंहले स्थानिय सरकारले घनाबस्ती, मानविय बस्तीलाई जोगाउनका लागी साधन श्रोत अनुसार बलियो बन्नु पर्ने बताउदै प्रत्येक ब्यक्तीले एक घरमा एक रूख रोपेर पर्यावरणलाई बचाउन सँगै प्रकोपवाट न्युनिकरण गर्न तथा बिपद्मा बढी जनधनको क्षति कम गर्न सकिने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा सरोकारवाला निकायले बाढी, आगलागी, हावाहुरी जस्ता प्रकोपलाई न्युनिकरण गर्न सुझाव दिएका थिए भने चुरेबाट माटो बग्ने कार्यलाई नियन्त्रण गर्ने, नदिमा जम्मा भएका बलुवालाई हटाई नदिको बहाव मिलाउने, उच्चा स्थानमा संरचना निर्माण गर्ने, पानीको निकासको ब्यबस्था मिलाउने जस्ता क्रियाकलाप गर्न गरि कार्य योजना बनाउनु सुझाव आएको संघिय मामिला तथा कानुन मन्त्रालयका सचिव नितु दुवेले बताईन ।
आन्तरिक मामिला तथा कानुन कानुन मन्त्रालयका उपसचिव टिकामणी न्यौपानेले बिपद्को अबधारणा अनुसार गैर प्राकृतिक, प्राकृतिकका घटनाहरू हुने गरेको त्यस्ता क्षतिलाई न्युनिकरण गर्न ठोस रणनीति कार्ययोजना बनाउने बताए ।
सो अवसरमा जिल्लाका सबै स्थानिय तह, तथा जिल्ला स्थित सरोकारवाला निकायहरूले कोशी, खाडो, त्रियुगा, बलान नदिको नियन्त्रण गर्न, बाढी प्रभाबित बस्तीको उचित ब्यबस्थापन तथा बिपद् पुर्व तथा बिपद्को बेला हुने ठुलो जनधनको क्षति हुन नदिनका लागि रणनीति योजना बनाउनका लागि सुझाव प्रस्तुत गरेका थिए ।
अत्यावश्यक पुर्वाधारमा विपदवाट हुने क्षति घटाऔ, आधारभुत सेवा प्रवाह रोकिनवाट जोगाऔ नारासँग अन्तराष्ट्रिय विपद न्युनीकरण दिवस २०१९ समेत मनाएको छ ।
उक्त अवसरमा जिल्ला बिपद् ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, संघिय मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत नितु दुवे, रूपनी गाउपालीका अध्यक्ष हरेराम यादब, तिलाठी कोईलाडी अध्यक्ष सतिश कुमार सिंह, बिष्णुपुर गाउपालिका अध्यक्ष निलाम्वर यादब, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, कोशी पीडित समाजका निर्देशक देव नारायण यादब, गैसस सप्तरीका अध्यक्ष शंभुनन्द चौधरीलगायतले प्रदेश सरकारले बिपद्लाई न्युनिकरण गर्नका लागि दिर्घकालिन रणनीति बनाउनु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ