News Category 2076/06/29
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी

दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
प्रतिनिधि सभा सांसद प्रमोद साहलाई रिहाहीको माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय बिद्यार्थी संघ सप्तरीको नेतृत्वमा राजबिराजस्थित जनआन्दोलन चौकमा सो प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा गृहमन्त्री राम बहादुर थापाको पुतला समेत दहन गरिएको छ । सो क्रममा प्रहरीले जलिरहेको पुतला निभाउन खोज्दा प्रदर्शनकारी र प्रहरीबीच सामान्य हातहाला भएको थियो ।
यस्तै पुतला दहन पश्चात् आयोजित बिरोध सभामा बोल्दै राष्ट्रिय बिद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु यादवले अन्यायको विरुद्ध आवाज उठाई रहदाँ सांसद साहलाई पक्राउ गर्नु सरकारको चरम गल्ती रहेको भन्दै उनलाई तत्काल रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यस्तै राजपा नेपालका केन्द्रीय सहमहासचिव गजेन्द्र कुमार मण्डलले अन्याय विरुद्ध आवाज उठाउने र टेबुल ठटाउनेलाई पक्राउ गर्ने क्रियाकलाप सरकारको निरंकुश प्रवृति रहेकोले यस विरुद्ध आन्दोलनको कडा कदम चाल्ने चेतावनी दिए ।
उनले विपक्षीप्रति वर्तमान सरकार नकारात्मक बन्दै गएकोले सचेत हुनुपर्ने बेला आएको बताए ।
सोही बिरोध सभामा राजपा सप्तरी अध्यक्षमण्डलका संयोजक हरेराम यादबले बुद्ध एयरले आमजनतालाई दुःख दिने गरेकोले एयरको मनपरी विरुद्ध आवाज उठाउने मधेशी सांसदलाई पक्राउ गर्नु वर्तमान सरकारले ज्यादती गरेको आरोप लगाए ।
विमान ढिलो भएको कारण बुद्ध एयरको काउण्टरमा तोडफोड र कर्मचारीलाई हातपात गरेको आरोपमा नागरिक उड्यान प्राद्यिकरणले उजुरीको दिएपछि उनलाई ओखलढुंगा जान लागेको बेला काठमाडौ विमान स्थलबाट मंगलवार बिहान करीब १२ बजेतिर पक्राउ गरिएको थियो ।
सोमवार बिहान ११ः४० बजेको बुद्ध एयरको विमान ढिलो भएको कारण किड्नीका बिरामी नेपाली कांग्रेसका नेता दिलिप सहगल छटपटाई रहेको देखेर सांसद साह उनको पीडा सहन नसकी आक्रोशमा आई बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए ।
तोडफोड घटनापछि काठमाडौ जान लागेका सांसद साहलाई बुद्ध एअरका कर्मचारी रोक्न खोजेपछि दुवै पक्षबीच हातहाल समेत भएको थियो ।
बिरोध सभामा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, राजपा नेपाल सप्तरी अध्यक्षमण्डलका सदस्य सुनिल कुमार झा, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, उपेन्द्र साह, पुनम यादब, युवा नेता बिनोद यादब, मनोज झा, रंजित यादब, लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ