News Category 2076/07/20
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विचको आन्तरिक विवाद बल्झिदै गएपछि अहिले सो विवाद झनै सतहमा पुगेको छ ।
एक दिन अगाडी मात्र उपाध्यक्ष सुचिता कुमारी यादवले अध्यक्ष सतिश सिंहमाथी बजेट दुरुपयोगदेखी मनमानी तरिकाले काम गर्दै आएको आरोप लगाएको भोली पल्टै अध्यक्ष सिंहले समेत ती आरोपहरुको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् ।
स्थानिय तहमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्ष सतिश कुमार सिंह र उपाध्यक्ष सुचिता कुमारी यादव निर्वाचित भएको केही दिनपछि नै दुबैबीच सामान्य विवाद हुँदै आए पनि अहिले विवादले उग्र रुप लिएको छ । जसकारण उनीहरुको विवादले गर्दा सिंगो गाउँपालिकाको कामकाज नै प्रभावित हुनका साथै विभिन्न विकासीय योजनाहरु समेत प्रभावित बन्दै गएको छ ।
अघिल्लो दिन मंगलबार उपाध्यक्ष सुचिता कुमारी यादवले अध्यक्ष सिंहको काम गर्ने शैलीप्रति विमती जनाउँदै विपक्षी काँग्रेस, नेकपा र राप्रपा सहितका स्थानिय नेताहरुको साथ लिएर पत्रकार सम्मेलनको आयोजना गरेकी थिईन ।
त्यसकै भोली पल्ट बुधबार अध्यक्ष सिंहले पनि गाउँसभा बोर्डका ४६ मध्ये ३३ जना वडाध्यक्ष र सदस्यहरुलाई राखेर पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यक्ष यादवद्वारा लगाईएको आरोपको प्रतिवाद गरे ।
आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले उपाध्यक्ष यादवप्रति आक्रमक शैलीमा भने, “एउटा स्थानिय तहमा उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ, यदी कुनै कुरामा चित्त नबुझेको खण्डमा मलाई जानकारी गराउनु पर्ने थियो, तर त्यसको नगरी विपक्षीलाई साथ लिएर मलाई बदनाम गर्दै हिड्ने ?” दिएको जिम्मेवारी र पाएको अधिकारको पनि उपाध्यक्ष यादवले दुरुपयोग गर्दै गएको उनले भने । अनुगमन समितिका संयोजक समेत रहेका उपाध्यक्ष यादवले आफैले अनुगमन गरेको योजनाहरु ठिक छ भनी भुक्तानीका लागी सिफारिस र सही गर्ने तर, पछि गएर त्यसमा भ्रष्टाचार भएको अभिव्यक्ति दिनु सबैलाई चकित तुल्याएको बताए ।
अध्यक्ष सिंहले नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हालन पुगेको राजिब झा दादागिरी शैलीमा प्रस्तुत भएकाले निजलाई जिम्मेवारी र अख्तियारी नदिई उनको सरुवाका लागी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री समेतलाई पत्राचार गरिएको जानकारी समेत दिए ।
झा यस अघि राजगढ र कृष्णाशवरण गाउँपालिकामा कार्यरत रहँदा विवादित बनेको तथा ती गाउँपालिकाका स्थानिय र अध्यक्षहरुले पनि नरुचाई मन्त्रालयसँग समन्वय गरी सरुवा गराएको बताउँदै त्यस्ता विवादस्पद प्रमुख प्रशासकिय अधिकृतलाई आफनो गाउँपालिकामा पनि स्वीकार गर्न नसकिने उनको भनाई छ ।
उनले गाउँपालिकाको नियमित काम र सेवा संचालन गर्नका लागी अबिलम्ब अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउन सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकिएको जानकारी दिए ।
उपाध्यक्ष र उनका आसेपासेले गरेको व्यवहार र विकास निर्माण कार्यमा गुणस्तरियता बारे प्रश्न उठाउँदा आफुलाई बदनाम गर्न विपक्षीसँग मिलेर षडयन्त्र भई रहेको उनको दाबी छ ।
उनले उपाध्यक्षसहित विपक्षीदलका केही स्थानिय नेता र कार्यकर्ताले लगाएको आरोप बारे सत्यतथ्य बुभ्mन र छानविन गर्न संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, पत्रकार तथा सरोकारवाला सवै निकायलाई स्थलगत अध्ययन र निरिक्षण गर्न आग्रह समेत गरेका छन् ।
सो पत्रकार सम्मेलनमा वडा २ का अध्यक्ष खगेन्द्र मण्डल, वडा ५ अध्यक्ष राजेन्द्र प्रसाद साह, ८ का अध्यक्ष लक्ष्मी खंग, वडा ७ का गुलाव सिँह, ४ वडा अध्यक्ष गोपी मण्डल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, कार्यपालीका सदस्य उमेश राम, गिता देबी मण्डल, रधिया देबी मण्डल, बिमल कुमारी मण्डल, लगायत विभिन्न वडाका वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ