News Category 2076/07/21
उपनिर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगायो, काँग्रेस र समाजवादीले लगाउँदै
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा मात्र हुन लागेको उपनिर्वाचनका लागि नेकपा र राजपाले आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ ।
आउँदो मंसिर १४ गते हुन लागेको उक्त निर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगाए पनि नेपाली काँग्रेस र समाजवादी पार्टीले अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन् ।
छिनमस्ता गाउपालिका वडा नं. ७ मा निर्वाचित वडा अध्यक्ष प्रभाकर यादब जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद खाली हुँदा उपनिर्वाचन हुन लागेको हो ।
यता वडा अध्यक्ष पदका लागि नेकपाबाट अच्छेलाल यादबको नाम टुङ्गो लागेको नेकपा श्रोतको दाबी छ भने राजपा नेपालको तर्फबाट प्रमिला देबी यादबको नाम टुङ्गो लागेको राजपा श्रोतको दाबी छ ।
नेकपाका अच्छेलाल यादव स्थानिय माविका विद्यालय व्वयस्थापन समितिका अध्यक्ष हुन । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका यादव गत निर्वाचनमा तत्कालिन वडा अध्यक्षमा निर्वाचित प्रभाकर यादवसँग झिनो मतले पराजित भएका थिए । त्यस्तै प्रमिला देवी यादव भने जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबकी पत्नी हुन् ।
यसैगरी नेपाली काँग्रेसका तर्फबाट उदयनाथ मण्डल, बिष्णु कुमार यादब र शिव नारायण मण्डलको नाम शिर्षपंक्तिमा रहेको राजविराज वडा नं. ५ का अध्यक्ष समिर झाले जानकारी दिएका छन् । ती तिन जना आकांक्षी मध्ये एक जना उम्मेदवार बन्ने वडा अध्यक्ष झाले बताए ।
यता समाजवादी पार्टीले हालसम्म उम्मेदवारको चयन गर्न सकेको छैन् । श्रोतका अनुसार समाजवादी पार्टीले राजपासँग केन्द्रमा उपनिर्वाचनका लागि तालमेल मिलाएपछि मात्र उम्मेदवार टुङ्गो लगाउने छ ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले दल र कार्यकर्तालाई तताउन थालेका छन् । रिक्त पदका लागि उपनिर्वाचनको मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएलगत्तै चुनावी सरगर्मि बढेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ