News Category 2076/07/24
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
चन्दनकुमार यादव
राजबिराज, २४ कात्तिक ।
प्रदेश सभासदस्य विदेश्वर यादवले प्रदेश २ सरकारले प्रदेशको कामकाजको भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
मैथिली साहित्य परिषदद्वारा आईतवार राजविराजमा आयोजित बिद्यापति स्मृति पर्व समारोह कार्यक्रममा सो कुरा बताउँदै प्रदेश सभा सदस्य यादवले मैथिली भाषाको बिकास बिना मधेशको बिकास हुन नसक्ने समेत जनाए ।
मैथिली भाषाको बिकास र उत्थानमा बिगतका सरकारको उदासिनता देखिएकोमा प्रदेश सरकारले मैथिली भाषाको बिकास र उत्थानका लागि गम्भीर रहेको उनको भनाई छ । सप्तरीले निर्वाचन क्षेत्र ३ को बनौलीमा बिद्यापतिले बिताएको स्थललाई सो ठाउको उत्थान र बिकास गर्ने प्रतिबद्धता उनले जनाए ।

यसैबीच आफ्नो काव्य, प्रतिभा र विद्वताका कारण मैथिली जनमानसमा प्रयाप्त सम्मान र आदर पाएका कविकोकिल विद्यापतिको स्मृति एवं सम्मानमा मैथिली साहित्य परिषद् सप्तरीले विविध कार्यक्रमको आयोजना समेत गरेको छ ।
विद्यापति स्मृति पर्व समारोहको तीन दिने कार्यक्रमको अन्तिम दिन आइतबार झाँकी प्रदर्शन, श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणबाट विद्यापतिको महत्व झल्कने आकर्षक झाँकी सहित निस्केको जुलुस नगर परिक्रमा पश्चात मैथिली भवनमा पुगी श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण समारोहमा परिणत भएको थियो ।
यसअघि शुक्रबार मैथिली पढाई उत्प्रेरक कार्यदलको संयोजनमा तिरहुता लेखन तथा मैथिली कलाकार परिषद्को संयोजनमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । यस्तै शनिबार मैथिली साहित्य परिषद्को संयोजनमा साहित्यिक गोष्ठि, महाकवि विद्यापति निर्वासित भएका बेला बनौलीस्थित राजा पुरादित्वको दरवारको अवशेषको अवलोकन र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्तले जनकारी दिए ।
बिद्यापति स्मृति पर्व तथा समारोह को अन्तिम दिन मैथिली भवनमा आयोजित श्रद्वान्जली तथा सम्मान कार्यक्रम मैथिली, भाषा तथा उत्थानमा योगदान पु¥याउने विभिन्न ब्यक्तीहरू सम्मानित भएका छन ।

सो अवसरमा बिजेन्द्र बिनोद स्मृति कला संस्कृतिक पुुरस्कारबाट तिलाठी निवासी तथा ख्याती प्राप्त गायक उदित नारायण झाको प्रारम्भिक साँगितिक गुरु सुधान्नद झालाई सम्मानित भएका छन ।
यसैगरी शिवदत मिश्र स्मृति मैथिली पुरस्कार वाट पुर्व प्रअ तथा मैथिली भाषा, संस्कृति, साहित्य तथा पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको उच्च मुल्यांकन गर्दै देवेन्द्र मिश्रलाई ५ हजार १ रूपैया वाट दोसला ओढाएर सम्मान गरेका छन ।
त्यस्तै शिवदत मिश्र स्मृति मैथिली पुरस्कारवाट मैथिली साहित्य, कला, संस्कृति, रेडियोकर्मि, तथा संचारकर्मी महेन्द्र मण्डल बनवारीलाई नगद ५ हजार १ वाट दोसला, ओढाएर, सम्मान पत्रवाट पुरस्कृत गरेका छन ।
त्यस्तै मैथिली हाजरी जवाफ प्रतियोगितामा प्रथम हुने शिब ईन्टरनेशनल बोडिंग स्कुल, राजबिराज दोस्रो ग्लोवल बोर्डिङ्ग स्कुल राजबिराज र तेश्रो स्थान हुने ईष्टर्न ज्योती बोर्डिङ्ग स्कुल भारदह, तथा सन्तवना पुरस्कारबाट लिटिल एन्जल स्कुल राजबिराजलाई पुरस्कृत गरेको मैथिली साहित्य परिषदका सचिव अजय कुमार झाले जानकारी दिए ।
मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व सभासद् रन्जु ठाकुर, मैथिली साहित्य परिषदको सल्लाहाकार डा. हेम कुमार मिश्रा, राजपा नेपाल केन्द्रीय सदस्य बिरेन्द्र कुमार साह, महेन्द्र मण्डल बनवारी, देवेन्द्र मिश्र, पुर्व अध्यक्ष अमरकान्त झा, मैथिली अभियमनी डा. अखिलेश झा, पुर्व प्राचार्य मिना ठाकुरले विद्यापतिको बारे चर्चा गरेका थिए ।
सो अवसरमा पुर्व प्राचार्य नथुनी दासले मैथिली महिला साहित्यकार तथा शसक्तीकरण पुरस्कार २०७७ को स्थापना समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ