News Category 2076/07/25
छठ पूजाका लागि सफाई गरिएको जलाशयहरुमा पुनः फोहर
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
चार दिने छठ पर्व अन्तरगत मुलतः दुई दिन जलाशयमै पूजा गरिने हुँदा जलाशयहरु सफाई गरिन्छ । तर, पूजा गर्न सफाई गरिएको जलाशय पुनः फोहर बन्दै गएको छ ।
छठ पर्वको समयमा स्थानियदेखि नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनासम्मले मिलेर जलाशयहरु दिनभर लगाएर सरसफाई गर्छन ।
छठ पर्व सम्पन्न भएको दिनदेखी नै पुनः ती जलाशयहरु जलाशयहरु सबै पक्षबाट उपेक्षित हुन्छन् । र सो जलाशयहरुमा स्थानीयहरुले भाडाबर्तन र कपडा धुने तथा दिशापिसाव समेत गर्ने थलोको रुपमा परिणत भएर जान्छ ।
छठ पुजाको लागि प्रयोग गरिने राजविराजस्थित भगवती पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, पुर्णी पोखरी लगायतका जलाशयहरु पुनः फोहोर हुँदै गएको छ । छठ घाट निर्माणका लागि प्रयोग गरिएको केराको थम, कागजको झण्डा, बत्ति, बाँसका टुक्रा, कागज, माटोका भाडा लगायत अहिले जलाशयमा त्यत्तिकै देख्न सकिन्छ ।
छठ पर्व सम्पन्न भएको एक साता बितिसकेको अवस्थामा अहिले पोखरीहरुमा जताततै फोहोर र झारपात देखिन थालिएको छ । पोखरी नजिक घर भएका अधिकांशले आ–आफनो नजिक पर्ने जालशयमा फोहोर फाल्न थालेपछि पोखरी कुरुप र दुर्गन्धित बन्न थालेको छ ।
स्थानियहरुले फोहोर फाल्ने कार्य मात्र नगरेर लुगा धुने, भाडावर्तन माझ्ने र दिशापिसा समेत गर्न थालेपछि ती जलाशयहरु दुर्गन्धित बन्दै गएको छ ।
विभिन्न पुजाका समयमा देविदेउताका बनाईने माटाका मुर्तिहरु पनि पुजा समाप्ति पछि पोखरीमै गएर शेलाउने गरेका कारण पनि पोखरीहरु कुरुप र प्रदुषित बन्ने गरेको छ ।
गैरसरकारी महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले छठ पर्वको बेलामात्र सरसफाई हुने र त्यसपछि बर्षैभरी छठघाट उपेक्षित हुनुमा स्थानियदेखी स्थानिय सरकारसमेत दोषि रहेकोमा जलाशयलाई दुषित हुनबाट रोक्न त्यसको उचित हेरचार, दैनिकी सरसफाई र व्यवस्थापन गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ