News Category 2076/07/26
आगलागिले दुई घरमा क्षति एक बालिका बेहोस
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
सप्तरीको दुई स्थानमा मंगलबार भएको आगलागिमा दुई घर जलेर नष्ट हुँदा डेढ लाख बराबरको क्षति भएको छ । यता आगो लागेको देखेर एक बालिका बेशोस भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया बस्ने सिताराम यादवको एक तल्ले फुसको भान्सा घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केर आगो लागेको छ ।
सो आगलागिमा यादवको फुसको घर आंशिक रुपमा जलेको छ भने घर भित्र रहेको लताकपडा, अन्नपात गरी अन्दाजी ४५ हजार बाराबर क्षति भएको प्रहरीले जनाएको छ ।
यसैबीच आगो लागेको देखेर यादवकी १६ वर्षिया छोरी संगिता कुमारी यादव बेहोस भएकी छिन् । उनको स्थानिय मेडिकलमा उपचार भईरहेको रहेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाकै रुपनी गाउँपालिका ३ मकरी टोल निवासी बिनोद कुमार मण्डलको एक तल्ले टिनको छानो भएको फुसको घरमा विद्युतिय तार सर्ट भइ आगो लाग्दा एक लाख पाँच हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सो आगलागिमा घरमा आंशिक क्षति हुनुका साथै घर भित्र रहेको लताकपडा, अन्नपात, मोबाईल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दुबै स्थानमा भएको आगलागि प्रहरी, स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ