News Category 2076/07/26
सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको माग
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
प्रदेश २ सरकारले प्रदेशसभामा टेवुल गरेको संचार बिधेयक फिर्ता लिन नेपाल पत्रकार महासंंघले माँग गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले गरेको आन्दोलन र दिएको सुझावलाई समेत प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रदेशसभामा टेबुल गरेको प्रदेश संचार विधेयक तत्काल फिर्ता लिन माँग गरेको हो ।
पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कुमार कर्णले एक विज्ञप्ति जारी गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले पटक पटक गरेको प्रतिवद्धतालाई समेत बेवास्ता गरी प्रदेश सभामा पत्रकार विरोधी संचार विधेयक प्रदेश सभामा टेबुल गरेको भन्दै तत्काल फिर्ता लिन माँग गरेका छन् ।
सो विधेयक संशोधन गर्ने सरकारी प्रतिवद्धता आएपनि त्यसको बिश्वास योग्य वातावरण सरकारले बनाउन सकेको भन्दै महासचिव कर्णले तत्काल सो विधेयक फिर्ता लिई छलफल र विचार विमर्शको आधारमा नयाँ संचार ऐन विधेयक बनाउन विज्ञप्ति मार्फत माँग गरेका छन् ।
प्रस्तावित मस्यौदामा गरिएका तमाम प्रवन्धमा नेपाल पत्रकार महासंघ सहमत हुने ठाउ देखिएकाले सो विधेयक फिर्ता लिनुपर्ने उनले स्पष्ट पारे । उनले नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले दिएको सुझाव समेत त्यसमा समाविष्ट नगरिएको र नेपाल पत्रकार महासंघसंग गरिएको छलफलमा संशोधनका विश्वास योग्य आधार प्रदेश सरकारले पेश गर्न नसकेकोले अहिले प्रदेश सभामा टेवुल गरिएको संचार बिधेयक फिर्ता लिनुपर्ने उल्लेख गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघ बारा शाखामा देखिएको समस्या समाधानका लागि महासचिव किरणकुमार कर्णको संयोजकत्व र सदस्यमा सचिव आरएन विश्वास र अजयकुमार साह रहेको एउटा छानविन समिति गठन गरिएको छ ।
त्यस्तै प्रदेश नम्बर २ मा पत्रकारहरुमाथि विभिन्न किसिमको चुनौती र आरोपहरु लागिरहेको बेला पत्रकार महासंघले पत्रकारीतालाई मर्यादित र अनुशासित बनाउनका लागि प्रभावकारी ढंगले सदस्यता शुद्धिकरण अभियान संचालन गर्ने भएको छ ।
यसका लागि ८ वटै जिल्लाका लागि अभियान चलाइने भएको छ भने सबै शाखालाई सदस्यता नविकरण बारे जानकारी पठाउनका लागि १५ दिनको समय सिमा दिएको महासचिव कर्णले जनाएका छन् । प्रत्येक जिल्ला अध्यक्षसंग समन्वय गरेर पर्सा शाखाका लागि किरण कुमार कर्ण र जीतलाल श्रेष्ठ, बाराका लागि प्रवीण साह, शैलेन्द्र झा, रौतहटका लागि अजय कुमार साह र अजित सिंह, सर्लाहीका लागि रामनारायण बिश्वास र राजन सिंह, महोत्तरीका लागि रिंकु मिश्र र हर्दिश खुद्दार, धनुषाका लागि ललिता साह, सिराहका लागि गुरु प्रसाद गौतम र जगतराई तथा सप्तरी शाखाका लागि सीकेन्द्र पासवान र भोजराज भट्टराईलाई सदस्यता शुद्धिकरण अभियानको जिम्मेवारी दिइएको महासचिव कर्णले जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ