News Category 2076/07/26
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
संघीय उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले पार्टीको जग हल्लाउने काम पार्टीका नेतृत्व पंक्तीबाट भएकोले जनताको पार्टी बनाउन नेतृत्वसँग आग्रह गरेका छन् ।
सप्तरीको कंचनरुप नगरपालिकामा थारु महिला समाज कंचनपुरले मंगलबार आयोजना गरेको समाचकेवा महोत्सवको समापनको अवसरमा मन्त्री यादवले सो आग्रह गर्दै पार्टीमा देखिएको हैकमवादी प्रवृतिलाई समाप्त पारेर व्यक्तिको पार्टी बनाउनेहरुले जनताको पार्टी बनाउन सुझाव दिए ।
नेकपाका केन्द्रिय सदस्य समेत रहेका मन्त्री यादवले पार्टीलाई विद्यान अनुसार संचालन गरि पार्टीलाई एकताद्घ बनाउन नेतृत्व पंक्तिसँग आग्रह समेत गरे ।
एक अर्को प्रसङ्गमा मन्त्री यादवले समाचकेवा पर्व भाईबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै अहिले संस्कृतिकको नाममा विकृति फैलिएकोले यसतर्फ सचेत रहन सबैलाई आग्रह समेत गरे ।
उनले अहिले खुलापनको नाममा छाडापन रोक्नलाई समाजका अगुवाहरुले ध्यान दिनुपर्ने बताउँदै संस्कृति बिना मानव जाती अगाडी बढ्न नसक्ने उल्लेख गरे । उनले संस्कृतिको जगेर्नाका साथै संरक्षण गर्न समेत सरकार प्रतिबद्घ रहेको बताए ।
संस्कृतिलाई अधिकारसँग जोडेर आप्mनो संस्कृतिको संरक्षण र जगेर्ना गर्न अगुवाहरुले भुमिका खेल्नुपर्ने जिकिर गरे । पछाडी परेका समुदायका महिलाहरुलाई जनचेतनाका साथै शिक्षा दिक्षामा समेतमा ध्यान पु¥याउन सुझाव दिए ।
समाचकेवा पर्व झै मुलुकमा अहिले राष्ट्रिय एकताको खाचो रहेकोले यस तर्फ सम्पूर्ण नेपालीहरु एकबद्घ भएर राष्ट्रिय एकताको प्रदर्शन गर्न जरुरी रहेको उनको भनाई थियो ।
सिता चौधरीको अध्यक्षतामा सम्पन्न महोत्सवमा कृषि तथा पशुपंक्षी राजमन्त्री रामकुमारी चौधरी, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, कृष्णाशवरण गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, स्थानिय समाजसेवी जवाहरलाल चौधरी लगायतले समाचकेवा पर्वको महत्वको बारेमा आ–आफनो विचार व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ