News Category 2076/07/27
एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
सप्तरीको एक मात्र छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनैतिक दल तथा स्वतन्त्र गरी ९ जनाले बुधबार मनोनयन दर्ता गराएका छन् ।
जसमा राजनीतिक दलबाट ६ र स्वतन्त्रबाट ३ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय छिन्नमस्ता गाउँपालिकाको कार्यालय सप्तरीले जनाएको छ ।
उम्मदेवारी दर्ता गर्नेहरुमा नेकपाका तर्फबाट अच्छेलाल यादव, नेपाली काँग्रेसका तर्फबाट शिव नारायण मण्डल तथा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार प्रमिला देवी यादव रहेका छन् ।
यसैबीच राजपाका जिल्ला संयोजक हरेराम यादव र समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले बुधबार संयुक्त विज्ञप्ति जारि गर्दै चुनावमा सहकार्य गर्ने उद्देश्यले दुबै पार्टीको संयुक्त उम्मेदवार उठाउने सहमति भएको जनाइएको छ ।
यस्तै राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरि स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन दर्ता गर्नेहरुमा धिरेन्द्र कुमार यादव, नुरहुसन मंसुरी र रंजित कुमार यादव रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यसैबीच एक वडा अध्यक्ष पदका लागी ९ जनाले उत्साहपूर्वक र शान्ति पूर्ण ढंगले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन् ।
२०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । सो वडामा ६ सय ४६ महिला तथा ७ सय ५७ पुरुष गरी कुल १ हजार ४ सय ३ मतदाता छन् ।
उपनिर्वाचनका लागि छिन्नमस्ता ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ