News Category 2076/07/28
आपराधिक घटना न्युनिकरण तथा रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरी प्रहरीले विद्यार्थी लक्षित विद्यालय सम्पर्क कार्यक्रमलाई बुधबारदेखि तिब्रता दिएको छ । विद्यलय अवधीदेखी नै कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य सिकाउने उदेश्यले प्रहरीले सो कार्य सुरु गरेको हो ।
राजविराजस्थित प्राईम होलीक्रस एकेडेमीमा अध्यनरत विद्यार्थीहरुलाई कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य बारे कक्षा संचालन गर्दै प्रहरीले विद्यालय सम्पर्क अभियानलाई तिब्रता दिएको छ ।
चाडपर्वका बेला विद्यालय विदा रहेकाले रोकिएको सो अभियानलाई अहिले व्यापकता प्रदान गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । यो अभियान जिल्ला भरका विद्यालयलाई लक्षित गरी संचालनमा ल्याइएको तथा पालैपालो सवै विद्यालयमा पुग्ने उनको भनाई छ ।
अहिले लागू औषध दुरुपयोग, साईबर अपराध, बालबालिका र महिलामाथि बढी हिंसात्मक घटना हुने गरेको पाईएकोले त्यसको रोकथाम गर्न प्रहरीले विद्यालय र विद्यार्थीलाई रोजेको उनको भनाई छ ।
बालबालिकामा प्रहरीप्रतिको डरको सट्टा मायाँ र सदभाव कायम राख्दै जिल्लामा शान्ति सुरक्षा मजबुद बनाउन प्रहरी कटिबद्घ रहेको उनको भनाई छ । सचेतना कार्यक्रममा प्रहरी निरिक्षक प्रकाश बस्नेतले सहभागी विद्यार्थीहरुलाई अपराध, कानूनी व्यवस्था, प्रहरीको भुमिका, सामाजिक कर्तव्य र जिम्मेवारी बारे सहजीकरणको भूमिका निर्वाह गरेका छन् ।
अभियानको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी सुनिल खनालले प्रहरीले जिल्लामा चलाएको विद्यालय स्तरीय सचेतना अभियानले अपराध न्युनिकरण र रोकथाममा ठुलो मदत पुग्ने विश्वास व्यक्त गरे ।
उनले प्रहरीद्वारा चलाईएको सचेतना कक्षा संचालनमा प्राप्त ज्ञानलाई विद्यार्थीहरुले व्यवहारमा उतार्नुपर्नेमा समेत जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ