News Category 2076/07/28
प्रेस काउन्सीलको वर्गिकरणमा राजविराज दैनिक पुनः “क” वर्गमा
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
नेपाल प्रेस काउन्सिलले आ.व. २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।
काउन्सिलको वर्गिकरणमा सप्तरीबाट प्रकाशित राजविराज दैनिक पत्रिका पुनः “क” वर्गमा पर्न सफल भएको छ । दैनिकसँगै कृष्णा दैनिक र पूर्व प्रभात दैनिकसमेत “क” वर्गमा पर्न सफल भएको छ ।
सप्तरीबाट पत्रपत्रिका वर्गिकरणमा समावेश भएको मध्येबाट “क” वर्गमा तीन वटा, “ख” वर्गमा सगरमाथा आवाज, सत्यसंयन्त्र, सप्तरी जागरण, सप्तरी सन्देश, स्वर्णिम सन्ध्या, हिमकिरण, मधेश खबर, परिघटना, मिथिला, मधेश समाचार र नई उम्मिद परेको छ ।
त्यस्तै “ग” वर्गमा मधेश क्रान्ति, नयाँ विस्फोट, नवीन, नव जनक्रान्ति, छिन्नमस्ता, छिन्नमस्ता हालचाल, पतञ्जली योग, जनता टाइम्स, सूचना, संचार दृष्टि, तराई उजागर, गोरेटो, मधेश टाइम्स, मिशन मधेश, करेन्ट पोष्ट, ग्रिन मधेश, कल्याण पोष्ट, राजविराज टुडे, नटखट, दि पब्लिक मेमो, बिलोचन, श्री सत्यापन, न्यूज टुडे, सत्यापन परेका छन् ।
यसैगरि “घ” वर्गमा सप्तरी टाइम्स, लोक समिक्षा, मध्यदेश, आजको वातावरण, आजको जनपुकार, श्री जनआक्रोस परेका छन् । श्री जनता साप्ताहिक, सप्तरी पोष्ट, सूचना दिग्दर्शन, बिरुवा, रिपोटर्स आवाज र हुंकारलाई काउन्सीलले हुबहुमा तथा राजविराज सन्देश, कंचनरुप, मधेश न्यूज र ताजालाई स्थगन गरेको जनाएको छ ।
कुल ९ सय १२ वटा पत्रपत्रिका वर्गीकरणमा सामेल भएकोमा ‘क’ वर्गमा १ सय ५७, ‘ख’ वर्गमा ३ सय २१, ‘ग’ वर्गमा २ सय ३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७ सय ६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् ।
३१ पत्रपत्रिका हुबहुमा परेको र १ को प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश गरिएको छैन भने आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ वटा गरी १ सय १४ पत्रपत्रिकाको नतिजा स्थगन गरिएको काउन्सीले जनाएको छ ।
वर्गीकरणमा समावेश ७ सय ६६ मध्ये राष्ट्रियस्तर १ सय ५६, प्रदेशस्तर १ सय ४२ र स्थानीयस्तरमा ४ सय ६८ वटा पत्रिका कायम भएका छन् । वर्गीकरणमा समावेश भएकामा दैनिक १ सय ४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४ सय ६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिक र त्रैमासिक ११ र साहित्यिक र भाषिक ५६ रहेका छन् ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड २०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरण प्रतिवेदन तयार गरी २०७६÷६÷१४ मा पेश गरेको थियो । उक्त प्रतिवेदनसमेतका आधारमा काउन्सिलले नतिजा सार्वजनिक गरेको जनाएको छ ।
यता वर्गीकरण नतिजामा चित्त नबुझ्नेले आधार, प्रमाणसहित पुनर्योग र पुनःमूल्याङ्कनको लागि शुरु दस्तुरको पच्चिस प्रतिशत शुल्कसहित १५ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुरसहित निवेदन दिन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ