News Category 2076/08/01
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै
दैनिक समाचारदाता
राजबिराज, १ मंसिर ।
सप्तरीको तिरहुत गाउँपालिकामा समुदायिक बिकास कार्यक्रम (सिडिपी) ले महिलाहरुका लागि सीपमूलक तालिममार्फत आयआर्जनका लागि प्रेरित गर्ने कार्यक्रमहरु संचालित गर्दै आएको छ ।
सो गाउँपालिका १ त्रिकौलमा बिपन्न परिवारका लागि तरकारी खेती, पशुपालन लगायतमा आर्थिक सहयोग गरेर आर्यआर्जनका लागि पे्ररित गरेको हो ।
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुनर्निमाण संस्थाद्वारा संचालित सामुदायिक विकास कार्यक्रमले अहिले संचालित तालिमहरुका कारण विपन्न वर्गका महिलाहरुलाई फलदायी सावित भएपछि उनीहरु आयआर्जन गर्न थालेका छन् ।
त्रिकौलकी ललिता देबी मण्डलले तालिम पश्चात् बनाइएको श्री हनुमान बाबा नागरिक सचेतना केन्द्रमार्फत १२ हजार रकम एक प्रतिशत ब्याजमा उपलब्ध गराएपछि उनले सो रकमबाट तरकारी खेती गर्दै आइरहेकी छिन् ।
उनले सो रकमले तरकारी खेती गरेपछि एक वर्षमा १ लाखदेखी १ लाख ५० हजारसम्मको आम्दानी गर्दै आएकी छिन् । आफ्नै खेतमा तरकारी खेती प्रारम्भ गरेपछि उनले अहिले स्थानिय बजारदेखी छिमेकी बजार भारदहसमेतमा तरकारी बिक्रि गरेर आर्यआर्जन गर्न थालेकी छिन् ।
यस्तै केन्द्रका सदस्य का ममता मण्डलले ५ कठ्ठामा काउली, बन्धा, खुर्सानी, टमाटर, साग वाट ३५ हजार आम्दानी गरेका बताईन । त्यस्तै संजु देबी मण्डलले ५ कठ्ठामा लगाएको तरकारी खेतीवाट २० हजार आम्दानी गरेको बताईन भने सोही समुहका पलास मण्डल, प्रभादेबी मण्डल र शोभा देबी मण्डलले पनि काउली, बन्धा बेचेर १५ हजार देखि २५ हजार सम्मको आम्दानी गरेको रामचन्द्र यादबले बताए ।
यता सचेतना केन्द्रका सदस्यहरूलाई सिडिपीले १ लाख रकम दिएपछि सोही रकमबाट केन्द्रका सदस्यहरुलाई आलोपाले गरि १ प्रतिशत ब्याजमा रकम उपलब्ध गराउँदै आएको केन्द्रकी सदस्य सुनिता मण्डलले बताईन ।
हाल सो एक लाख रकममा २५ हजार ब्याजको रकम बढेर १ लाख २५ हजार जम्मा भएको उनले जानकारी दिइन् ।
बिपन्न परिवारहरूले संचालन गरेको तरिकारी खेती गर्न केही प्राबिधिक समस्या देखिएकोले गाउपालिकावाट बिउबिजन, प्राबिधिक, जैबिक मल सहयोग गरि दिए तरकारी खेती प्रभावकारी हुने स्थानिय युवा अरूण गोईतले बताए ।
गोईत तरकारी खेतीबाट बालवच्चाको स्वास्थ, शिक्षामा लगानी उनिहरूको पालनपोषण र परिवारको गुजारा तथा केही आम्दानी समेत गर्ने गरिएको बताए ।
यस अघि ती महिलाहरुले गुजारा गर्न जंगलमा दाउरा ल्याएर बेच्ने, अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने जस्ता कार्य गर्दे आएकोमा एनआरएनले समुदायिक कार्यक्रमले तरकारी खेतीका लागि सहयोग गरेपछि आत्मनिर्भर बन्दै गएको स्थानिय पुजा कुमारी यादबले बताईन ।
बिपन्न बर्गका पहिचान गरि यस भेगका महिला, बिपन्न, दलितमा लगानी हुने उद्देश्यले उनीहरूको अभिभाबकलाई आप्mनो कमाईबाट बालबालिकामा लगानी लगाउन नसक्ने परिवारलाई समूह मात्र अनुदान उपलब्ध गराई अभिमुखिकरणवाट सचेत गराई आत्मनिर्भर बनाउने उद्देश्य रहेको एनआरएन सप्तरीका प्रमुख दिनेश अर्यालको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ