News Category 2076/08/04
आगलागीबाट हुने क्षति न्युनिकरणका लागि सेनाद्वारा सांकेतिक अभ्यास र उद्घार कला प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
प्राकृतिक विपदको सामना पूर्व गर्नुपर्ने तयारी तथा विपदका कारण हुने सम्भावित क्षति न्यूनिकरण गर्ने उद्देश्यले बुधबार नेपाली सेनाको भिम दल गणले राजविराजमा विपदमा गरिने सांकेतिक अध्यास र उद्वार कला प्रदर्शन गरेको छ ।
राजविराज नगरपालिकाको समन्वयमा चार दिन देखि संचालन गरिएको सामुदायिक विपद प्रतिकार्य तालिमको अन्तिम दिन बुधबार राजरंगशालामा सेनाले विपदमा गरिने उद्घार कला प्रदर्शन गरेको हो ।
उद्घारको अभ्यास अन्तरगत राजविराजस्थित राजरंगशालामा साच्चिकै आगलागीको घटना नै भएजस्तो दृश्य सेजना गरिएको थियो । जुन दृश्य हेर्न सर्वसाधारणको घुईचो लागेको थियो । आगलागीले एक पछि अर्को घर जलिरहेको तथा मानिसहरु भागाभाग गरिहेको थिए । आगो निभाउने क्रममा ३÷४ जना घाईते पनि भएको दृश्य देखिएको थियो । यता भिम दलगणका विपद युनिटका सेनाहरु ती घाईतेहरुको उद्घार गर्दै थिए ।
आगो निभाउन राजविराज नगरपालिकाको बारुणयन्त्र पनि कुदेको देखिन्थे । घाईतेहरुको घटनास्थल नजिकै सेनाका चिकित्सक टोलीले प्रारम्भिक उपचार पश्चात धमाधम एम्बुलेन्समा हाल्दै थप उपचारका लागी अस्पताल पठाउन व्यस्त देखिन्थे ।
उद्घार कला प्रदर्शन कार्यक्रममा विपदका बेला प्रयोग गरिने वाटर हेलमेट, फायर ग्यास, फायर टयुनिक, कयाराबिना, झुमरा, फस्टएड, फिगरएड, गिरीगिरी लगायतका १ सय भन्दा बढी उद्घार सामग्री समेत प्रदर्शनी गरिएको थियो ।
आगलागीका बेला उद्घार कार्य कसरी गर्ने भन्ने ज्ञान बाड्न यस्ता उद्घार कला प्रदर्शन गरिएको भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरले जानकारी दिदै विपद व्यवस्थापन सम्बन्धी यस्तो अभ्यास नेपाली सेनाले सन् २०११ बाट गर्दै आएको बताए ।
.jpg)
सप्तरी आगलागीका लागी जोखिम युक्त जिल्लामा पर्ने भएकाले उद्घार कला प्रदर्शन कार्यक्रमले आगलागीको समयमा मानवीय र भौतिक क्षति न्यूनिकरणका साथै उद्घार गर्न सजिलो र सहज हुने विश्वास व्यक्त गरे ।
सप्तरीमा गत आर्थिक वर्ष २०७५÷०७६ मा आगलागीका ६७ घटना भएका थिए । जसबाट करिब डेढ करोड रुपैया बराबरको क्षति भएको राजविराज नगरपालिका बारुण यन्त्र विभागको तथ्यांकले देखाएको छ ।
सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले विपदको पुर्व तयारी र विपदका समयमा गरिनु पर्ने उद्घार र राहतको सांकेतिक अभ्यासले विपदको जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने बताए ।
नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रहरी उपरिक्षक कृष्णप्रसाई सशस्त्रका प्रहरी उपरिक्षक उद्घव तिमिल्सिना, भिमदलगणका कार्य अधिकृत अमर बहादुर थापा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हित नारायण लाल दासका साथै ठुलो संख्याम उपस्थित सर्वसाधारण तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थितिमा गणका तालिम प्राप्त उद्घार कर्ताले आफ्नो कौशल देखाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ