News Category 2076/08/05
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेवि संघको अध्यक्षलाई लिएर भइरहेको प्रचारबाजीप्रति नेपाली काँग्रेस सप्तरीले आफ्नो प्रष्टनेक्ति दिएको छ ।
काँग्रेस पार्टी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति दिनेश कुमार यादवले तरुण दल जिल्ला समिति कारवाहीमा परेकोले कुनै समिति नरहेको र नेवि संघको अध्यक्षमा धनानन्द यादव नै रहेको स्पष्ट पारेका छन् ।
भातृ संगठन नेपाल विद्यार्थीसँघ भित्रको विवादका कारण दुई नेतृत्व चर्चामा आएपनि अधिकारीक भने घनानन्द यादव नेतृत्वको समिति नै रहेको उनले प्रस्ट समेत पारे ।
पत्रकार सम्मेलनमा सभापति यादवले केन्द्रिय समितिबाट पनि नेविसंघ सप्तरीको सभापतिमा घनानन्द यादव नै रहेको सर्कुलर जारी गरी सकेको अवस्थामा पार्थौ सरकारले नेविसंघ सप्तरीको सभापतिको हैसियतले प्रेस विज्ञप्ती जारी गर्नु हास्यास्पद र संगठनको अनुशासन विपरीत कार्य भएको बताए ।
उनले यस सम्बन्धमा विहिबारै अनुशासन समितिको गठन गरी छानविन र कारवाही थालिने बताए । काँग्रेसको अर्का प्रभावशाली भातृ संगठन तरुण दलमा पनि देखिएको विवाद अहिले सम्म समाधान हुन नसकेको उनले बताए ।
पत्रकार सम्मेलनमा काँग्रेस सभापति यादवले तरुणदलको अध्यक्ष हाल कसैलाई नबनाईएको स्पष्ट पार्दै कसैले तरुण दलको अध्यक्षको हैसियतले कामकारवाही तथा विज्ञप्ती जारी गर्दा अधिकारिकता बारे आफुसँग एक पल्ट सोधेर मात्र कलम चलाउन पत्रकारहरुलाई आग्रह पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ