News Category 2076/08/09
दलहरु अन्तिम चरणको कसरत
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ को वडा अध्यक्ष पलदका लागि उपनिर्वाचनको मिति नजिकिदै गर्दा सबै राजनीतिक दल मत आफ्नो पक्षमा पार्न अन्तिम चरणको प्रचार र प्रयासमा जुटेका छन् ।
आउँदो मंसिर १४ गते शनिबार निर्वाचन हुँदैछ । ७२ घण्टे मौन अवधी सुरु हुनु अघि नै दलहरु मतदाता नजिक पुग्न तिब्रताका साथ लागेका छन् ।
पार्टीले चुनावी सभा र उम्मेदवारहरु घरदैलो र व्यक्तिगत रुपमा भोट माग्ने कामलाई तिब्र बनाएका छन् । यहाँ १ हजार ४ सय ३ मतदाता छन् । यहाँ वडा अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
गत निर्वाचनमा यहाँबाट राजपाका उम्मेदवार प्रभाकर यादव बिजयी भएका थिए । उनी जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको सो पदमा निर्वाचन हुन लागेको हो । राजपाले यसपल्ट प्रभाकर यादवकी पत्नी प्रमिला देवीलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीले राजपा उम्मेदवार यादवलाई नै समर्थन दिइसकेको छ ।
यसअघि राजपाले जितेकाले त्यसलाई निरन्तरता दिन राजपालाई चर्को दबाब छ । राजपाको जित सुनिश्चित बनाउन यहाँ राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोदेखी महसचिव मनिष सुमनसम्मले चुनावी सभा गरिसकेका छन् । यस पल्ट राजपाको बर्चश्वको तोड्ने दाबी नेकपाका उम्मेदवार अस्च्छेलाल यादवले गरेका छन् ।
त्यस्तै काँग्रेसका शिवनारायण मण्डल र जनमत पार्टीका दिनेश कुमार यादव पनि आफूले जित्ने दाबी गर्दै आएका छन् । निर्वाचन बहिष्कार र अलग देशको माँग गर्दै आएका सिके राउतले सरकारसँग सम्झौता गर्दै जनमत पार्टी दर्ता गरेपछि पहिलो पटक चुनावी मैदानमा आफ्ना उम्मेदवार खडा गरेको छ । सो पार्टीका उम्मेदवार दिनेश कुमार यादव पहिलो सहभागितामै यहाँबाट खाता खोल्न सफल हुने दाबी गर्छन् ।
तर, यहाँको चुनावी गतिविधीलाई नजिकबाट नियाली रहेका स्थानियहरु भन्छन्, “यहाँ अन्तिम प्रतिष्पर्धा भने राजपा उम्मेदवार प्रमिलादेवी यादव र नेकपाका उम्मेदवार अच्छेलाल यादवबीच नै हुने छ ।” यता जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ