News Category 2076/08/10
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको आयोजनामा मंगलबार राजविराजमा विद्यालयस्तरीय वक्तृत्वकला र आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानिय प.वि.मा.विमा ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ मूल नाराका साथ अयोजित चित्रकला प्रतियोगितामा ज्योतिकुमारी साह प्रथम, आशाकुमारी साह द्वितिय र बिन्दीयाकुमारी यादव तृतिय भएका छन् ।
यसैगरी दाइजो प्रथा शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितमा कृतिका कर्ण प्रथम, सम्झना सुमन रजक द्वितिय, अस्मिता सिंह तृतिय र सबीता देव सान्तवना भएका छन् ।
बाल क्लबका रमानन्द यादवको अध्यक्षता एवम् बाल क्लबकै देवराम शर्माको सञ्चालनमा आयोजित कार्यक्रमको निर्णयकर्ता समेत बाल क्लबकै पदाधिकारी रहेको थिए ।
कार्यक्रमा सहायक प्रधानाध्यापक मोहन मिश्र, शिक्षकहरु गिरीराज पौडेल, लक्ष्मण मेहता, लक्ष्मी परियार, निरज जायसवालले पुरस्कार वितरण गरेका थिए ।
सम्पन्न प्रतियोगितामा विजेता विद्यार्थीहरुका साथै सहभागीहरुलाई कापी कलम लगायतले पुरस्कृत गरिएको सहयोगी संस्था समग्र जनउत्थान केन्द्रकी लक्ष्मी परियारले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ