News Category 2076/08/12
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
चन्दनकुमार यादव
राजविराज, १२ मंसिर ।
राजबिराज नगर भित्रैको होटलहरूमा तपाईं बियर पिउँदैै हुनुहुन्छ ! हो भने सचेत भएर खानु होला नत्र तपाईंको ज्यान जोखीममा पर्न सक्छ ।
राजबिराज नगर क्षेत्रमा बिहीबार अनुगमनको क्रममा विभिन्न होटलहरुबाट म्याद नाघेका २८ वटा बियर बरामद भएको छ ।
ती होटलहरुबाट विभिन्न कम्पनीका २८ वटा बियरका बोतल बरामद गरी नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजका प्रमुख सुरेश कुमार सिँहले जानकारी दिएका छन् ।
एउटा बियरमा ४ देखि ८ प्रतिशत अलकोहल हुने गरेकोले म्याद नाघेको बियर खाएमा त्यसमा भएको ईथाईल मिथाईलमा परिवर्तन भएर बिषादी बन्ने भएकोले मानिसको अकालमै ज्यान जान सक्ने डिभिजन कार्यालयका प्रमुख सिंहले बताए ।
अनुमगन गरिएका होटल संचालकहरुलाई पहिलो पटक सुधारका लागि सचेत गराइएको तथा यसलाई अटेर गरे दोश्रो चरणमा खाद्य ऐन २०२३ र नियमाबली ०२७ बमोजिम फौजदारी आचार सँहिता कानुन बमोजिम ५० हजार जरिवाना सहित दुई बर्ष जेल सम्म कारवाही हुने चेतावनी समेत दिइएको छ ।
होटलहरूको उचित ब्यबस्थापन तथा सरसफाईको अवस्था नाजुक रहेकोले नियमिति सरसफाई गर्ने, फ्रिजमा पकाएको खाना तथा बासी खाना नराख्न होटल ब्यवसायीहरूलाई निर्देशन समेत दिइएको सिहले जानकारी दिए ।
त्यस्तै डिभिजन कार्यालयले राजबिराजका विभिन्न पसलहरुबाट बिकाजी भुजीया दुई प्याकेट, महक भुजिया ८ प्योकेट, कोशी ब्याल्याक सस २ बोटल, केस कान्ति, साजन तोरीको तेल, ३ प्याकेट, एनिटाईम्स बिस्कुट ३ प्योकेट म्याद नाघेको पाईएको जिल्ला प्रशासन कार्यालयका सुशिल कर्णले जानकारी दिएका छन् ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजको कार्यालय प्रमुख सुरेश कुमार सिहको नेतृत्वको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय दिलाराम चौधरी, जिल्ला प्रशासन कार्यालय सुशील कर्ण, राजबिराज नगरपालीका वडा नं. ८ का सदस्य संगिता परियार, राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष राजकुमार गुप्ता, उद्योग वाणिज्य संघका उपाध्यक्ष गौरी शंकर साह, पत्रकार बैधनाथ झा, चन्दनकुमार यादब, जिल्ला प्रहरी कार्यालयका सई नारायण भट्राई सहितको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ