News Category 2076/08/12
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !

चन्दनकुमार यादव
राजविराज, १२ मंसिर ।
राजबिराज नगर भित्रैको होटलहरूमा तपाईं बियर पिउँदैै हुनुहुन्छ ! हो भने सचेत भएर खानु होला नत्र तपाईंको ज्यान जोखीममा पर्न सक्छ ।
राजबिराज नगर क्षेत्रमा बिहीबार अनुगमनको क्रममा विभिन्न होटलहरुबाट म्याद नाघेका २८ वटा बियर बरामद भएको छ ।
ती होटलहरुबाट विभिन्न कम्पनीका २८ वटा बियरका बोतल बरामद गरी नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजका प्रमुख सुरेश कुमार सिँहले जानकारी दिएका छन् ।
एउटा बियरमा ४ देखि ८ प्रतिशत अलकोहल हुने गरेकोले म्याद नाघेको बियर खाएमा त्यसमा भएको ईथाईल मिथाईलमा परिवर्तन भएर बिषादी बन्ने भएकोले मानिसको अकालमै ज्यान जान सक्ने डिभिजन कार्यालयका प्रमुख सिंहले बताए ।
अनुमगन गरिएका होटल संचालकहरुलाई पहिलो पटक सुधारका लागि सचेत गराइएको तथा यसलाई अटेर गरे दोश्रो चरणमा खाद्य ऐन २०२३ र नियमाबली ०२७ बमोजिम फौजदारी आचार सँहिता कानुन बमोजिम ५० हजार जरिवाना सहित दुई बर्ष जेल सम्म कारवाही हुने चेतावनी समेत दिइएको छ ।
होटलहरूको उचित ब्यबस्थापन तथा सरसफाईको अवस्था नाजुक रहेकोले नियमिति सरसफाई गर्ने, फ्रिजमा पकाएको खाना तथा बासी खाना नराख्न होटल ब्यवसायीहरूलाई निर्देशन समेत दिइएको सिहले जानकारी दिए ।
त्यस्तै डिभिजन कार्यालयले राजबिराजका विभिन्न पसलहरुबाट बिकाजी भुजीया दुई प्याकेट, महक भुजिया ८ प्योकेट, कोशी ब्याल्याक सस २ बोटल, केस कान्ति, साजन तोरीको तेल, ३ प्याकेट, एनिटाईम्स बिस्कुट ३ प्योकेट म्याद नाघेको पाईएको जिल्ला प्रशासन कार्यालयका सुशिल कर्णले जानकारी दिएका छन् ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजको कार्यालय प्रमुख सुरेश कुमार सिहको नेतृत्वको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय दिलाराम चौधरी, जिल्ला प्रशासन कार्यालय सुशील कर्ण, राजबिराज नगरपालीका वडा नं. ८ का सदस्य संगिता परियार, राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष राजकुमार गुप्ता, उद्योग वाणिज्य संघका उपाध्यक्ष गौरी शंकर साह, पत्रकार बैधनाथ झा, चन्दनकुमार यादब, जिल्ला प्रहरी कार्यालयका सई नारायण भट्राई सहितको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ