News Category 2076/08/13
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरीका खेलप्रेमी तथा खेलाडीहरुले जिल्ला खेलकुद विकास समिति सप्तरीमा विगत ७ महिना बढी समयदेखी लागेको तालाबन्दी खोल्ने प्रयास कतैबाट नभएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत राष्ट्रिय खेलकुद परिषद् र क्षेत्रिय खेलकुद परिषद्लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुझाइएको पत्रमा तालाबन्दीका कारण सप्तरीका खेलाडीहरु कुनै पनि स्तरका खेलहरुमा सहभागि हुन नसकी बञ्चित भएकोले तालाबन्दी खोलाउनका लागि ध्यानाकर्षण गराइएको जनाइएको छ ।
कराँतेका खेलाडी रंजिव कुमार साह, ओकेश मिश्र, सुदिप कुँवर, हेमनारायण साह, भारोत्तोलनका खेलाडी मनोज यादव, रामकुमार यादव, क्रिकेटका खेलाडी अमर यादवलगायत ३७ जना जिम, फुटवलका खेलाडीहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत बुझाइएको हो ।
गत जेष्ठ ७ गते खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्मासहितका पदाधिकारीहरुले कार्यालय प्रमुख दिनेश भुजलेमाथी विभिन्न आरोप लगाउँदै तालाबन्दी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ