News Category 2076/08/15
दुई पटक उम्मेदवार बनेका अच्छेलाल पति पत्नीबाट पराजित
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ को वडा अध्यक्ष पदमा दुई पटक उम्मेदवार बनेका अच्छेलाल यादव पति पत्नी दुबैबाट पराजित भएका छन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा राजपाका उम्मदेवार प्रभाकर यादवसँग झिनो मतले पराजित भएका स्वतन्त्र उम्मेदवार अच्छेलाललाई शनिबार सम्पन्न उपनिर्वाचनमा पनि प्रभाकरकी पत्नी प्रमिलादेवी यादवले पुनः झिनो मतअन्तरले पराजित गरेकी छिन् । यादव यस पटक भने नेकपाको उम्मेदवार थिए ।
गत स्थानिय निर्वाचनमा प्रभाकरले ३ सय ८८ मत ल्याएका थिए भने अच्छेलालले ३ सय ८० मत प्राप्त गरेका थिए । सो समयमा अच्छेलाल ८ मतले प्रभाकरसँग पराजित हुन पुगे । यस पटक भने अच्छेलाल प्रभाकरकै पत्नी प्रमीलासँग ११ मतले पुनः पराजित भए । शनिबार राती घोषित उपनिर्वाचनको परिणाम अनुसार राजपाका उम्मेदवार प्रमिलाले ५ सय ४० मत ल्याउँदा नेकपाका उम्मेदवार अच्छेलाले ५ सय २९ मत प्राप्त गरे ।
राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको छिन्नमस्ता ७ को वडाध्यक्ष पदमा उप निर्वाचन भएको हो । रिक्त पदमा प्रभाकरकै धर्मपत्नी प्रमिलालाई समाजवादी पार्टी समेतको समर्थनमा राजपाले उम्मदेवार बनाउँदा अच्छेलाल भने यस पटक नेकपाबाट उम्मेदवार रहेका थिए ।
चुनावी मैदानमा १ स्वतन्त्र गरी विभिन्न दलका गरी ७ जना उम्मदेवार थिए । घोषित परिमाण अनुसार राजपाकी प्रमिला र नेकपाका अच्छेलाल बाहेक अन्य कसैको पनि जमानतसमेत बच्न सकेन ।
नेपाली काँग्रेसका शिव नारायण मण्डलले १५ र शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार दिनेश कुमार यादवले ११ मत मात्र ल्याई जमानत गुमाउन पुगेका छन् ।
यस्तै राप्रपाका गजेन्द्र मण्डल २, स्वतन्त्र उम्मेदवार धिरेन्द्र कुमार यादव १ र नुरहुसन मंसुरीले पनि १ मत मात्र प्राप्त गरी जमानत गुमाएका हुन् । कुल १ हजार ४ सय ३ मतदाता रहेकोमा १ हजार १ सय १४ मत खसेको थियो । जसमध्ये १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबीच आईतवार जिल्ला अदालतका न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले नवनिर्वाचित वडा अध्यक्ष प्रमिला देबी यादबलाई शपत ग्रहण खुवाउदै प्रमाणपत्र प्रदान गरेका छन् ।
शपतग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति प्रमुख प्रभाकर यादब, छिनमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डल, समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्य नारायण यादब, राजपा अध्यक्ष मण्डलका सदस्य सुनिल कुमार झा, जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिलिप यादब, युवा नेता किशोर कुमार यादब, बिनोद यादबलगायत राजपा तथा समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ