News Category 2076/08/16
किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ
.jpg)
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
एक १६ वर्षिया किशोरीको अपहरण भएको भन्दै आफन्तजनले सडकमा प्रदर्शन गर्दै तोडफोडमा उत्रेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
राजविराज नगरपालिका ७ निवासी गौरी साहको अपहरण भएको भन्दै सोमबार आफन्तजन प्रदर्शन र तोडफोडमा उत्रेपछि प्रहरीले अपहरणमा परेको भनिएकी किशोरीका दाजु गोपाल साह, सोही वडा निवासी जय साह र राहुल रजकलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले राजविराज ७ स्थित ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
घटना विवरण अनुसार राजविराज ७ निवासी देबेन्द्र साहकी १६ वर्षिया छोरी गौरी गत शनिबारदेखी वेपत्ता छिन् । ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा कार्यरत राजविराज ७ निवासी विकास कर्णसहित तीन जना मिलेर गौरीको अपहरण गरेको आफन्तजनले दाबी गरेको प्रहरीले जनाएको छ ।
यसबारे केटीका ठूलो बुबा राघवेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी समेत दिएका छन् । तर, तीन दिन बित्न लाग्दा समेत आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरेको भन्दै आक्रोसित आफन्तजन प्रदर्शनमा उत्रेका जनाइएको छ ।
उनीहरुले किशोरी अपहरण गर्नेलाई अविलम्ब पक्राउ गर्न माँग गरेका छन् । प्रहरीले भने अपहरण भन्दा पनि यो विषय प्रेम प्रसङसँग जोडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जनाएको छ ।
प्रहरी नायब उपरिक्षक तिलक भारतीले भने, “यो अपहरण नै हो भन्न सकिने अवस्था छैन्, प्रेम प्रसङसँग जोडिएको अवस्था पनि देखिएको छ, यद्दपी दुबै कोणबाट हाम्रो अनुसन्धान अघि बढेको छ ।” उनले किशोरी भगाउने केटा कर्णको खोजी कार्य तिब्र बनाइएको बताए ।
विवाह सम्बन्धी नयाँ कानुन अनुसार २० वर्ष पूरा नभएसम्म बैधानिक रुपमा विवाह गर्न नपाउने व्यवस्था छ । यस्तो अवस्थामा खास गरेर भागेर आफूखुशी विहे गर्ने उमेर नपुगेका केटा–केटीका अभिभावकहरुले नयाँ कानुनी आधार लिँदै एक अर्काको परिवार बिरुद्ध नै अपहरण, शरीर बन्धक तथा जबरजस्तकरणी लगायतका मुद्दा दर्ता गराउन खोजेपछि प्रहरी प्रशासनले समेत तनाव झेल्नु पर्ने परिस्थिती उत्पन्न हुने गरेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ