News Category 2076/08/17
शारिरीक रुपमा असक्त भएकी पुष्पा पढ्न चाहन्छिन
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुरकी पुष्पा चौधरीको दुई महिनाकी हुँदा घुडा भन्दा मुनतीरको दुवै खुट्टा चल्दैन । उनको दुबै खुट्टाको भाग दोब्रीएर शारिरीक अपाङता भएकी छिन् ।
अहिले पुष्पाको उमेर २९ वर्ष पुगेको छ । अविवाहीत नै रहेकी छिन् । पुष्पाले जसोतसो कक्षा ५ सम्म पढेकी छिन् उनको अहिले पनि पढ्ने धोको छ । तर, आर्थिक र शारिरीक कारणले पढाई रोकिएको हो ।
उनका बुबा कालिकान्त साहु महाजनसँग ऋण लिएर छोरी पुष्पाको धेरै ठाउँमा उपचार पनि गराए । तर निको हुन सकेन् । उनले गाउँमा धामीझाक्री लगायत अनेक उपाय पनि गरे । तर कुनै लाभ भएन ।
दुई वर्ष अघि कालिकान्त आफैपनि दुर्घटनामा परेर एउटा खुट्टा गुमाउन पुगे । जसकारण छोरीसँगै उनीपनि अब घरको कोठामा सिमित भएका छन् ।
मंगलबार राजविराजमा २८ औँ अन्तरराष्ट्रिय अवाङता दिवसको अवसरमा आयोजित कार्यक्रममा बाबु छोरीले आर्थिक अभावमा थप उपचार गराउन नसकेको लाचारि सुनाउदै सहयोगका लागि सवैसँग याचना गरेका छन् । बृद्ध बुवा कालिकान्तले आप्mनो भन्दापनि छोरी पुष्पाको उपचार र पढाईका लागि सहयोग चाहिएको ईच्छा व्यक्त गरे ।
यता पढने चाहना हुँदा हुदै हिडडुल गर्न कठिन र आर्थिक समस्या दुवैले गाँजेपछि मनको धोको मनमै मर्दै गएको पुष्पाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ