News Category 2076/08/21
सबलको १४ औं वार्षिक साधारण सभा, आ.ब. २०७६÷७७ का लागि १५ करोड ४६ लाख ४७ हजार अनुमानित बजेट
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
सप्तरीको तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिशकुमार सिंहले सवलले सबै आरोह पारगरी सप्तरीको समृद्वि, बिकासमा पु¥याएको योगदानप्रति प्रशंसा गरेका छन् ।
सबल नेपालको १४ औं बार्षिक साधारण सभाको अवसरमा शुक्रबार राजविराजमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सबल नेपालले जिल्लाको विभिन्न स्थानहरुमा संचालन गर्दै आइरहेको समुदाय लक्षित कार्यक्रम मार्फत विपन्न वर्गलाई पुगेको योगदान बारे चर्चा समेत गरे ।
सोही कार्यक्रममा गैसस महासंघका केन्द्रीय उपाध्यक्ष ध्रुव कुमार देब गैससलाई सरकारले दुःख दिने काम मात्र गरेको भन्दै गैर नाफामूलक संस्थालाई प्रमाणपत्र दिने अनि लेखापरिक्षण लगायतमा भ्याटमा कडाई गरेकोप्रति गुनासो पोखे । उनले गैससप्रति त्यस्ता कार्य गर्न सरकारलाई कुनै अधिकार नरहेको समेत बताए ।
सेभ द सप्तरीका अध्यक्ष समेत रहेका देवले गैससहरूले समाजिक रूपान्तर, सशक्त रूपमा अगाडी बढाईरहे पनि अधिकांश संस्थाको अबस्थामा दयनिय बन्दै गएको उल्लेख गरे ।
सो अवसरमा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादबले सबल नेपालले बालवालिकाहरूको शिक्षा, स्वास्थ, सीपमुलक, जनशक्ति उत्पादन गरी जिल्लामा सबल नमुना प्रस्तुत गरेको जिकिर गरे । उनले २०६२ सालमा बालसचेतना समूह मार्फत, सबल नेपाल हुँदै सप्तरीको बिकास समृद्विमा टेवा पु¥याएको भन्दै प्रशंसा गरे ।
त्यस्तै सुरूङ्गा नगरपालिका उपप्रमुख बिन्दा पासवान सबै क्षेत्रमा जिविकोपार्जन, आयआर्जन लगायत महिला सशकतीकरणको सवालमा हातमा हात मिलाएर सबल अगाडी बढेको प्रति प्रशंसा गरिन् ।
कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले बार्षिक प्रगति प्रतिवेदन तथा बार्षिक योजना प्रस्तुत गर्दै आ.ब. २०७६÷७७ का लागि १५ करोड ४६ लाख ४७ हजार अनुमानित बजेट पारित गरिएको जानकारी दिएका छन् । जस अन्र्तगत समुन्नती कार्यक्रम अन्र्तगत ७ करोड १५ लाख, खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम अन्र्तगत ४ करोड ३७ लाख, सौर्यउर्जा प्रबर्दन कार्यक्रम अन्र्तगत ३५ लाख १४ हजार, शुद्ध खानेपानी माथी सहज पहुचको लागि ५६ लाख, दैवि प्रकोप राहत सहयोगको लागि ७५ लाख, पुर्ण सरसफाइ अभियानका लागि, १ करोड १५ लाख ५९ हजार, कृर्षिमा आधारित कार्यक्रमका लागि ६५ लाख ९५ हजार तथा संस्था संचालन तर्फ ४६ ला ७९ हजार खर्च गरिने बताइन् ।
कार्यक्रम अन्र्तगत १९ बर्ष मुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलिमा पर्न सफल भएको सप्तरीका बिवेक यादवलाई सम्मान गर्नुको साथै सबल नेपालले आफना कर्मचारीद्धय बिरबहादुर यादव र अजय साहलाई समेत सम्मान गरेका थिए ।
सबल नेपालले आ.ब. २०७५÷७६ मा समुनति कार्यक्रम, पहुँच कार्यक्रम, सौर्य उर्जा प्रवद्र्धन परियोजना, समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली, स्मार्ट विद्यालय परियोजना, सबैको लागि दिगो सरसफाई परियोजना, खानेपानी तथा सरसफाई स्वच्छता परियोजना, स्थानिय तहको बृत्तचित्र निर्माण तथा अन्य सामाजिक लगायतका कार्यहरु गर्दै आइरहेको संस्थाका अध्यक्ष गिरीले जानकारी दिइन् ।
उनले जिल्लाको सुरुङ्गा नगरपालिकाका १ सय २० जना दलित किशोरीहरुलाई विद्यालय जान सहजताका लागि साइकल बितरण समेत गरेको जानकारी दिइन् । त्यस्तै सप्तरीको खाँडो खोला, सिरहाको गगन तथा महोत्तरीको रातु खोलामा बाढी पूर्व सूचना प्रणाली जडान गरिएकोले त्यस भेगका लाखौं जनतालाई राहत पुगेको उल्लेख गरिन् ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित साधारण सभामा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, गैसस सप्तरी अध्यक्ष शम्भुनन्द चौधरी, सबल नेपालका निर्देशक दिपक कुमार झा, जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर प्रकाश बस्नेत लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ