News Category 2076/08/22
एकाइस पाउण्ड रगत संकलन
राजविराज÷लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समिति, सप्तरीको कार्यक्रम अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा शनिबार राजविराजमा रक्तदान कार्यक्रम गरिएको छ ।
राजविराजस्थित गजेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा २१ पाउण्ड रगत संकलन भएको रक्तसञ्चार केन्द्र राजविराजका दिलिप यादवले जानकारी दिएका छन् ।
इन्सेक सप्तरी प्रतिनिधी मनोहरकुमार पोखरेलको अध्यक्षता एवं प्रदेश २ लोकसेवा आयोगकी सदस्य प्रा. डा. सुजाता देवको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति उद्धव न्यौपाने, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, अधिवक्ता पार्वती राउत, एकल महिला समूहकी गीता पाण्डे, पत्रकारहरू अर्जुन साह, अम्बिका दाहाललगायतले रक्तदान गरेका थिए ।
त्यस्तै पंकज सरकार, रामनारायण मण्डल, राघव पोखरेल, विशाल मिश्र, पिताम्बर यादव, दिपककुमार देव, जिल्ला प्रहरी कार्यालयका गोकुल परियार, रामकुमार वर्मा, सशस्त्र प्रहरी गणका सुरेश राई, टेकलाल बिरकट्टा, सप्तरी जिल्ला अदालतका विक्रम भुजेल, सन्दिपकुमार मेहतालगायतले रक्तदान गरेका थिए ।
सो अवसरमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, उच्च अदालत बार एकाई राजविराजका सदस्य पार्वती राउत, अधिवक्ता मनु खनाललगायतले रक्तदान र मर्यादित महिनावारीका विषयमा मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ