News Category 2076/08/23
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका एक तीन वर्षिय बालक वेपत्ता भएको केही घण्टामै प्रहरीले उद्दार गरि परिवारजनको जिम्मा लगाएको छ ।
आइतबार बिहान ११ः३० बजेतिर सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमबाट अपरिचित व्यक्तिले वेपत्ता बनाएको सोही वडा निवासी प्रहलाद साहका ३ वर्षिय छोरा घनश्यामको प्रहरीले अलपत्र अवस्थामा फेला पारि उद्दार गरेको हो । बालकको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई आइतबार साँझ परिवारजनको जिम्मा लगाइएको छ ।
घटना विवरण अनुसार बिहान ११ः३० बजेतिर धान काट्न घरबाट छोरा घनश्यामसँगै निस्केकी आमा निलमदेवी बीच बाटोमा पर्ने खोला नजिक रोकिएकी थिइन् । छोरासहित खोला तर्न कठिन भएपछि मोटरसाइकलमा त्यसैतर्फ जाँदै गरेका एक अपरिचित यूवकलाई मोटरसाइकलमा छोरालाई राखेर खोला तार्न सहयोगका लागि आग्रह गरेकी थिइन् ।
आग्रह स्वीकार्दै ती व्यक्तिले बालक घनश्यामलाई मोटरसाइकलमा राखेर खोला पार पनि गराईदिए । तर, खोला पार गरिसकेपछि बालकलाई मोटरसाइकलबाट ओराल्नुको सट लिएर नै भागे ।
बालकको अपहरण भयो भन्दै आफन्तजनले तुरुन्तै प्रहरीमा जानकारी गराए । घटनाबारे खबर पाउना साथ प्रहरी उपरिक्षक कृष्ण प्रसाईको नेतृत्वमा एक टोली तत्कालै त्यसतर्फ खटिएको थियो । बालकको खोजी गर्दै जाँदा साँझ ६ बजेतिर भारतीय सीमासँग जोडिएको छिन्नमस्ता गाउँपालिकाकै कोचाबखारीस्थित एक बाँसधारीमा अलपत्र अवस्थामा फेला पारि बालकको उद्दार गरिएको प्रहरी उपरिक्षक प्रसाईले बताए ।
बच्चाको खोजीमा सो क्षेत्रका चारैतिर प्रहरी परिचालन गरिएको थियो । उनले मोटरसाइकलमा बच्चा लिएर जाने अपरिचित व्यक्ति बारे पनि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ