News Category 2076/08/24
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
.jpg)
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
सप्तरीको अग्नीसाईर कृष्णाशवरण गाउँपालिका वडा नं. ४ बनौलीमा उच्च प्रविधिसहितको आयुर्वेद औषधालय सोमबारदेखी संचालनमा आएको छ ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले नवनिर्मित ”प्रसबनी आयुर्वेद औषधालय भवन” को उद्घाटन गर्दै औषधालयबाट अग्नीसाईकर कृष्णाशवरण गाउँपालिका तथा आसपास क्षेत्रका साथै प्रदेश १ र प्रदेश २ का जनता पनि लाभान्वित हुने विश्वास व्यक्त गरे ।
उनले तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोकै पालामा औषधालय निर्माण गरिने निर्णय भएको जानकारी दिदै प्रदेश २ सरकारले पनि जनताको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने नीतिलाई प्रभावकारी ढंगले अगाडी बढाएको बताए ।
औषधालय भवन निर्माणका लागी स्थानिय राजकुमार यादवले आप्mना बुवा डम्बर र आमा बोदि देवीको नाममा लाखौं मुल्य पर्ने डेढ कठ जग्गा निशुल्क प्रदान गरेका हुन् । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयको सहयोगमा गत २०७५ बैशाख २६ गते देखि सघन सहरी तथा भवन निर्माण आयोजनाको रेखदेख र अख्तियारीमा निर्माण कार्य सुरु गरिएको थियो ।
डेढ कठ क्षेत्रफलमा मुल्य अभिबृद्घिकर (भ्याट) बाहेक १ करोड ४५ लाख रुपैयाको लागतमा निर्माण भएको २ तल्ले भवनमा विरामी जाँच कक्ष, सिरोधारा कक्ष, पञ्चकार्य कक्ष, औषधी वितरण कक्ष लगायतका गरी १४ कोठाको भवन छ ।
औषधालय भवन निर्माणको ठेक्का पाएका कोशी एण्ड न्यौपाने कम्पनीले तोकिएको म्याद अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख रमेश थिङ्गले जानकारी दिए ।
कृष्णाशवरण गाउँपालिकाका अध्यक्ष प्रशुराम चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रदेश २ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री राम नरेशराय यादव, राजपाका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह लगायतको पनि उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ