News Category 2076/08/25
संविधानमा उल्लेख भएपनि हरवा चरवाको पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
नेपालको संविधान २०७२ मा हरवा चरवाको पुर्नस्थापना लगायतका विषयहरु समावेश गरिए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै हरवा चरवा अधिकार मञ्च सप्तरीले मंगलबार राजविराजमा विभिन्न माँग गर्दै प्रदर्शन गरेको छ ।
भूमिहीन हरवा चरवा मुक्तिको घोषणा तत्काल गरि सुरक्षित आवास र परिवार संख्याको आधारमा खान पुग्ने जमिन उपलब्ध गराउनु पर्ने, हरवा चरवाको सम्पूर्ण ऋण खारेज गर्न समेत माँग गर्दै ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सप्तरी सदरमुकाम राजविराजमा सो प्रदर्शन गरिएको हो ।
भूमिहीन हरवा चरवा माथि हुने उठीबासको घटना तत्काल बन्द गर्न, हरवा चरवाद्वारा दर्ता गराइएको निवेदनहरु तत्काल सुनुवाई गर्न, आ.ब. २०७६÷७७ को बजेटमा मधेशमा रहेका हरवा चरवाको सम्बोधन गर्नेगरि बजेट बिनियोजन गर्न प्रदेश २ सरकाबाट पहल हुनपर्ने लगायतका माँग गरिएको छ ।
हरवा चरवाको जिविकोपार्जनका लागि सीप अभिबृद्धिको कार्यक्रम संचालन तथा न्यायोचित न्यूनतम ज्याला तोक्ने र त्यसको कार्यान्वयन नभएर स्थानिय तहले उजुरी लिई अनुगमन गर्ने व्यवस्था मिलाउन माँग गरिएको छ ।
मञ्चका केन्द्रिय सचिव नागेन्द्र राम र जिल्ला अध्यक्ष देवलाल रामको नेतृत्वमा गरिएको प्रदर्शनमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा हरवा चरवा सहभागि ¥यालीले नगर परिक्रममा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगेर विभिन्न माँग राख्दै ज्ञपन पत्र बुझाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ