News Category 2076/08/25
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ का वडा अध्यक्षसहित तीनजनालाई प्रहरीले बलात्कार प्रयासको आरोपमा पक्राउ गरेको छ ।
एक ३५ वर्षिया महिलालाई बलात्कार प्रयासको आरोपमा ५५ वर्षिय वडा अध्यक्ष लक्ष्मी साहसहित तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो । अन्य दुई जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
उनीहरुलाई बुधबार बिहान ७ बजेतिर जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको विशेष टोलीले घरबाटै पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
पक्राउ परेका साह गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । सोही वडा निवासी पीडित भनिएकी महिलाले प्रहरीमा दिएको उजुरीमा गत मंसिर १४ गते दुई जना मानिसलाई मोटरसाइकलमा पठाई वडा अध्यक्षले बोलाएको भन्दै उनकै कुखुरा फर्ममा सामूहिक बलात्कारको प्रयास गरिएको उल्लेख गरेकी छिन् ।
सोही उजुरी र प्रारम्भिक उपलब्ध सुत्रका आधारमा थप अनुसन्धानका लागि वडा अध्यक्ष साहसहित तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ