News Category 2076/08/28
चालु आ.ब. को पाँच महिनामा ९ सय ४३ मुद्दा फर्छयोट
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले चालु आ.ब. को पाँच महिनाको अवधीमा ९ सय ४३ मुद्दा फर्छयोट गरेको छ ।
अदालतमा शुक्रबार ‘न्ययापालिकाको स्वतन्त्रता, न्यायतिक सुशासन हाम्रो प्रतिबद्घता” नारा सहित संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रमा सो जानकारी दिइएको हो ।
कार्यक्रममा मुख्य न्यायाधिश प्रकाशचन्द्र गजुरेलले अदालत प्रशासन सुधार कार्य योजना अघि सार्दै यसमा सहयोग गर्न संचारकर्मीहरु सँग अनुरोध गरे ।
उच्च अदालतले चालु आर्थिक वर्षमा सरेर आएका दुई बर्षे ४ सय ४० र १८ महिने ६ सय ९ मुद्दालाई शुन्यमा झार्ने दावी समेत गरेका छन् । उनले जिम्मेवारी सरेर आएको १ हजार ५ सय ४८ तथा नयाँ दर्ता १ हजार १ सय ३१ मध्ये ९ सय ४३ मुद्दा फर्छयोट भएको तथा बाँकी १ हजार ७ सय ३७ मुद्दा छिटो छरितो ढंगले न्याय सम्पादन गर्ने लक्ष्यका साथ काम भईरहेको सो अवसरमा जानकारी दिए ।
नागरिक मैत्री न्यायलयको अवधारणा अनुरुप निशुल्क कानूनी सहायता केन्द्र स्थापना, कारागार भित्र न्याययिक शिविर, एकल महिला, ज्येष्ठ नागरिक, बालबालिका र विकास निर्माण पक्षमा रहेका मुद्दालाई प्राथमिकतामा राखेको उनले बताए ।
उनले अदालतको बाहिरी परिषरमा चल्ने दलालीले न्यायलयको सेवा प्रभावित बन्ने गरेका कारण प्रदेशद्वारमै बिचौलियालाई निषेध गर्ने काम कडाईका साथ लागु गरिएको सुनाए ।
कार्यक्रमममा सहभागी संचारकर्मीहरुले उच्च अदालतले ल्याएको कार्यक्रमले सार्थकता पाए सेवाग्राहीमा अदालतप्रतिको आस्था र विश्वासमा अभिवृद्घि हुने धारणा राखेका थिए ।
सो कार्यक्रममा जिल्ला बारका अध्यक्ष डोमन साह लगायत अन्य न्यायाधिश तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ