News Category 2076/08/28
चालु आ.ब. को पाँच महिनामा ९ सय ४३ मुद्दा फर्छयोट

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले चालु आ.ब. को पाँच महिनाको अवधीमा ९ सय ४३ मुद्दा फर्छयोट गरेको छ ।
अदालतमा शुक्रबार ‘न्ययापालिकाको स्वतन्त्रता, न्यायतिक सुशासन हाम्रो प्रतिबद्घता” नारा सहित संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रमा सो जानकारी दिइएको हो ।
कार्यक्रममा मुख्य न्यायाधिश प्रकाशचन्द्र गजुरेलले अदालत प्रशासन सुधार कार्य योजना अघि सार्दै यसमा सहयोग गर्न संचारकर्मीहरु सँग अनुरोध गरे ।
उच्च अदालतले चालु आर्थिक वर्षमा सरेर आएका दुई बर्षे ४ सय ४० र १८ महिने ६ सय ९ मुद्दालाई शुन्यमा झार्ने दावी समेत गरेका छन् । उनले जिम्मेवारी सरेर आएको १ हजार ५ सय ४८ तथा नयाँ दर्ता १ हजार १ सय ३१ मध्ये ९ सय ४३ मुद्दा फर्छयोट भएको तथा बाँकी १ हजार ७ सय ३७ मुद्दा छिटो छरितो ढंगले न्याय सम्पादन गर्ने लक्ष्यका साथ काम भईरहेको सो अवसरमा जानकारी दिए ।
नागरिक मैत्री न्यायलयको अवधारणा अनुरुप निशुल्क कानूनी सहायता केन्द्र स्थापना, कारागार भित्र न्याययिक शिविर, एकल महिला, ज्येष्ठ नागरिक, बालबालिका र विकास निर्माण पक्षमा रहेका मुद्दालाई प्राथमिकतामा राखेको उनले बताए ।
उनले अदालतको बाहिरी परिषरमा चल्ने दलालीले न्यायलयको सेवा प्रभावित बन्ने गरेका कारण प्रदेशद्वारमै बिचौलियालाई निषेध गर्ने काम कडाईका साथ लागु गरिएको सुनाए ।
कार्यक्रमममा सहभागी संचारकर्मीहरुले उच्च अदालतले ल्याएको कार्यक्रमले सार्थकता पाए सेवाग्राहीमा अदालतप्रतिको आस्था र विश्वासमा अभिवृद्घि हुने धारणा राखेका थिए ।
सो कार्यक्रममा जिल्ला बारका अध्यक्ष डोमन साह लगायत अन्य न्यायाधिश तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ